अन्तरजातीय बिवाहा गर्ने यी जोडीलाई सलाम। भिडियो सहित !

चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी छन। आजको बिषय छ समाज परिबर्तनको अर्को नमुना अन्तरजातीय मागी बिवाहा बारे उनले फेसबुकमा लेखेकी छन्।

समाज परिबर्तनको अर्को नमुना अन्तरजातीय मागी बिवाहा ।
समाजमा जातीय विभेद, छुवाछूतका घटनाहरु सामाजिक संजालमा प्रत्येक दिन जस्तो देखिन्छ ।
नकारात्मक मात्र होइन सकारात्मक सोचका ब्यक्ती , परिवार पनि छन् समाजमा भन्ने यो बिवाहित जोडीले देखाएका छन् ।
कतिपय घटनाहरु अन्तरजातीय बिवाहा गर्दा परिवार र समाजबाट बिस्थापित र विभिन्न बाहनामा छुट्टाइएका उदाहरण छन् ।
एउटा यस्तो जोडी बाइस बर्षिया बिजय बिश्वकर्मा र बिस बर्षिया प्रमिला मगर एउटै गाउँ निवासी हुन् ।
नबलपुर चोरमारा बजारमा स्थायी घर भएका यी जोडी सानै देखिका साथी हुन् ।
बालपनको साथी सगै एउटै स्कुलमा पढन थाले पछि उनिहरुको सम्बन्ध प्रेममा परिणत भएको थियोे ।

पछि बिवाहा गर्ने निर्णय गरे उनिहरुको प्रेमलाइ दुबै पक्ष परिवारले सहमति गरे पछि मागी बिवाहा भएको छ ।

समाज रुपान्तरणको लागि यो कदम अनि यो प्रेमलाई स्वागत छ , साथै बैबाहिक जिबनको सफलताको सुभकामना ।।।
(saru sunar)