९ महिनाको छोरो छोडेर आमा अर्कैसंग भागिन्, छोराछोरीको बिचल्ली ! फेसबुकले यस्तो सम्म गर्यो ! धिक्कार छ यस्ता आमालाई

अर्घखाँचीको छत्रदेवका उमलाल पाण्डे पोखरामा साइकलमा मकै बेच्ने काम गर्दै आएका छन् । विगत २ महिना देखि उनी मकै बेच्दै पोखराको सडक किनारमा हिँडिरहेका हुन्छन् । विशेष गरि उनी दैनिक जसो पोखराको लेकसाइड तिर जाने गर्छन् ।

उनको मकैको म रेगुलर ग्राहाक जस्तै हुँ । मैले उनलाई भेटेसम्म र मिलेसम्म मकै खाने गर्छु । यसैबिच एक दिन मेरा मित्र फोटो पत्रकार युनिश गुरुङले उनको फोटो कैद गर्नुभएछ । र त्यो फोटो पोखराबाट प्रकाशीत हुने समाधान राष्ट्रिय दैनिकमा छापिएछ । मैले देँखे र त्यो फोटो मोबाइलमा कैद गरेर उमलाललाई देखाएँ । सम्बन्ध त क्रेता र विक्रेताको थियो ।

उनी मकै बेच्न हिँड्थे मौका मिल्यो र मन लाग्यो भने म मकै किन्थे । उनलाई त्यो फोटो देखाएँ । उनले फोटोमा नाम उल्टो परेको सुनाए । “मैले उमलाल भनेको युनिश सरले ओमलाल सुन्नुभएछ क्यारे पत्रीकामा ओमलाल आएको रहेछ ।” उनी नाम उल्टो परेको विषयमा खासै चासो दिएनन्, फोटो देखाएपछि उनले मसंग आफ्ना कुराहरु खोल्न थाले । आफ्नो ठेगना र घर व्यवहारका कुरा खोल्न थाले । निकै लामो समय देखि हाम्रो मित्रता र म उनको निकै विश्वास पात्र जस्तो झल्लो हुनेगरी उनले आफ्ना कुराहरु राख्दै गए । म सुन्दै गए ।