आफ्नै श्रीमान संग भिडियोमा आईन अन्जु निरौला पहिलोपटक !बिमल डाँगीको गीतमा

काठमाडौं । नेपाली लोक संगीत जगतकी सदाबहार नायिका तथा मोडल अन्जु निरौलाले आफ्नै म्युजिक कम्पनीबाट पहिलो पटक ‘मायाँको झण्डा दिलमा फरर’ लोकदाहोरी गीत सार्वजनिक गरेकी छन । विगत डेढ बर्ष देखि म्युजिक भिडियोमा नदेखिएकी निरौलाले आफ्नै प्रस्तुतिको रुपमा यो गीत ल्याएकी हुन ।

यस गीतमा नेपाली संगीत क्षेत्रका लोकप्रिय गायक बिमल डाँगी र चर्चित गायिका माण्डवी त्रिपाठीको स्वर रहेको छ । बिमल डाँगीले एक बर्षको अन्तरालमा यो गीत गाएका हुन । गीतमा गीतकार गणेश चौलागाईको शब्द, बिमल डांगीको लय र बिमलराज क्षेत्रीको संगीत संयोजन रहेको छ ।

चर्चित निर्देशक शिब बिकले निर्देशन गरेको सो गीतको भिडियोमा अनजु निरौला, रबिन्द्र प्रताप सेन र लोमस शर्माको अभिनय रहेको छ । गीतको भिडियोमा रामेश्वर कार्कीको क्यामेरा र कमल प्रसाँईको ड्रोन रहेको छ । भिडियोको सम्पादन भने सुजन शाहीले गरेका हुन ।

भिडियो हेर्नुहोस