यो बर्षको सुरुवातमै युटुबमा सबै भन्दा बढी खोजिदै मोडल सारिका -२०७६मा पहिलो बन्दै बलिदान

लोकदोहोरीकै इतिहाँसमा अहिले सम्मकै धेरै लगानी भएको गीत बलिदान शनिवार विहान सार्वजनिक भएको छोटो समयमै लोकप्रिय बनेको छ भने लाखौ दर्शक बनाउदै trending मा समेत आयको छ । सबैको प्रतिक्षामा रहेको सो गीत सार्वजनिक नहुँदै चासोको विषय समेत बनेको थियो ।

करिव आठ लाख लगानी भएको सो गीतमा इतिहाँसमै पहिलो पटक हेलिकोप्टरको प्रयोग समेत गरिएको थियो । सोहि मानेमा पनि धेरैले यो गीतलाइ प्रतिक्षामा राखेका थिए । शुक्रवार सार्वजनिक गर्ने भनिए पनि केहि प्राविधिक कारणले गीतलाई शनिवार विहान सार्वजनिक गरिएको थियो ।

विष्णु माझी र गणेश अधिकारीको आवाज रहेको सो गीतमा गणेशलेनै अचम्म राम्रो लय तथा शब्द साथै आवाज समेत दिएका छन । उनले लेखेका एक एक शब्दले मुटु विझाउछ ।

गीतमा सारिका केसी,विमल अधिकारी र ओवी रायमाझीको उत्कृष्ट अभिनयले गीत हेर्न थाले पछि छोड्न मननै लाग्दैन । गाउले केटिलाई शहरीया धनिहरुले प्रयोग गरेर सत्यानास बनाएको कुरा गीतको कथामा छ । यो कुनै फिल्ममा हुने कथा भन्दा कम छैन ।

कपिल लामाको यो करियरमा उनले सबै भन्दा धेरै मेहनत र परिश्रम गरेको गीत हो भन्न कुनै कठिनाइ छैन उत्कृष्ट कथालाई सोहि अनुसारको लोकेशमा गीतलाई भिडियो बनाइएको छ ।

सुजन शाहीले कलर र सम्पादन यति उत्कृष्ट रुपमा गरेका छन कि गीतले बास्तविकताको झल्को दिन्छ ।

योग्सना डिजिटलले बजार ब्यवस्थापन गरेको सो गीतले धेरै दर्शकको मन जित्नेमा हामीहरु आशावादी छौं ।

हेरौं सो गीतको पुरै म्युजिक भिडियो