नेपाली सेफ एसोसियसन को दोस्रो राष्ट्रिय अधिबेसन भव्यरुपले सम्पन्न (फोटो फिचर सहित)

नेपाली सेफ एसोसियसन को दोस्रो राष्ट्रिय अधिबेसन भव्यरुपले सम्पन्न भएको छ। नेप्लिज सेफ एशोसियसन यूकेको दोस्रो अधिवेशनले दधि आचार्यको नेतृत्वमा नयां कार्यसमितिको चयन गरेको छ । आचार्य करिब दुई दशक अघिदेखि रेष्टुरेन्ट व्यवसायमा संलग्न रहँदै आएका छन । लन्डनको भेन्यू फाइभ रेष्टुरेन्टमा सम्पन्न भएको दोस्रो अधिवेसनले यस अघि उपाध्यक्ष एवं पर्वत वेलफेयर सोसाइटीका पूर्व अध्यक्ष्य समेत रहेका आचार्यलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

संयोजक रामशरण सिम्खडाले नयां कार्यसमितिको नामावलीको घोषणा गर्दै पद तथा गोपनियताको सपथ गराएका थिए । जस अनुसार उपाध्यक्षमा रामप्रसाद न्यौपाने, मोहनलाल ओली, महासचिव भुपेन्द्र पाठक, सचिव विनोद बराल र कोषाध्यक्ष रामचन्द्र सुवेदी र सहकोषाध्यक्षमा धर्मागत चापागाई सर्वसम्मत भए । यस्तै सदस्यहरुमा केबि गुरुङ, रामप्रसाद सापकोटा, राजु बोहोरा, शिव कंडेल, विक्की सापकोटा, दुर्गा गुरुगं, टिकाराम निउरे, मनिष खड्का, टिकाराम कंडेल, देविलाल गुरुङ, प्रकाश गुरुङ, लालचन्द्र सापकोटा र पारस सापकोटा चयन भए ।

कार्यक्रममा प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, नेप्लिज सेफ एसोसियसन यूकेका निवर्तमान अध्यक्ष कृष्ण तिमल्सेना, एनआरएन आईसीसी उपाध्यक्ष्य कुल आचार्य, आईसीसी सह कोषाध्यक्ष सोम सापकोटा, एन आर एन पूर्व अध्यक्ष सुर्य गुरुङ, समाजसेवी ध्रुब केसी, निर्वाचन समिति सदस्य फडिन्द्र भट्टराई लगायतले प्रमाणपत्र वितरण गरेका थिए । नयाँ कार्यसमितिलाई शुभकामना दिदै नेपाली खानालाई विश्वभरी चिनाउनको लागि भूमिका निर्वाह गर्ने सेफहरु पनि राजदूत रहेको भन्दै नेपाली दुतावासको तर्फबाट निरन्तर साथ् र सहयोग रहने धारणा ब्यक्त गरेका थिए । बेलायतवासीका लागि मात्र नभएर दरवारमा समेत लोकप्रिय रहेको चिकन टिक्कालाई नेपालीहरुले नै शुरुवात गरेको कुरालाई प्रमाणित गर्न अनुरोध गर्दै यसको पहलको लागि दूतावासले पनि सहयोग गर्ने बताउदै पुरानो कार्यसमितिलाई धन्यबाद र नयां कार्यसमितिलाई शुभकामना दिएका थिए ।

एनआरएन आईसीसी उपाध्यक्ष्य कुल आचार्यले गैर आवासीय नेपालीहरुको पहिलो पुस्ताले रेष्टुरेन्ट र क्याटरिंग क्षेत्रमा महत्वपूर्ण योगदान दिएको र आफू पनि यसै क्षेत्रमा आवद्ध भएकोले आफ्नो सम्पूर्ण जीवन यसैमा व्यतित गर्ने बताएका थिए । आन्स्थाका निवर्तमान अध्यक्ष कृष्ण तिमल्सेनाले आफ्नो कार्यकालको गतिविधिबारे प्रष्ट पार्दै बाकि थुप्रै कार्यहरु नयां कार्यसमितिलाई गर्न अनुरोध गर्दै आफूले पनि सहायो गर्ने बताए । एनआरएन आईसीसी सह कोषाध्यक्ष सोम सापकोटाले पनि नेपाली ट्रेडिशनल खानालाई विश्वभर चिनाउनुपर्ने र आफूले पनि पहल गरिराखेको बताएका थिए । तेस्तैगरी एन आर एन यूके अध्यक्ष योगकुमार फगामी, पूर्व अध्यक्ष सुर्य गुरुङ, निर्वाचन समिति संयोजक एवं एन आर एन आईसीसी सदस्य रामशरण सिम्खडा लगायतका व्यक्तिहरुले नेपाली मौलिक खानालाई प्रबर्धन गर्नुपर्ने र तेसको लागि नयां कार्यसमितिलाई पहल गर्नको लागि सल्लाह दिएका थिए ।

व्यवसायी कमल भण्डारी,दयानिधि सापकोटा, रणबहादुर केसी, वरिष्ठ पत्रकार खगेन्द्र नेपाली, नेप्लिज क्याटरिंग एशोसिएसन यूके अध्यक्ष विजय थापा, वरिष्ठ सेफ तथा समाजसेवी ध्रुब केसी, प्रवासी नेपाली मंच यूके अध्यक्ष राजेन्द्र पुडासैनी, शान्ति नेपाली समाज बर्मिंगहमका अध्यक्ष लिलाबहादुर थापा, नेपाल पत्रकार महासंघ बेलायत शाखाका वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेल लगायतले नेपाली मौलिक खाना र सेफ एशोसिएसनको बारेमा प्रक्स्श पार्दै नव निर्बाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए । समाजसेवी एवं एनआरएन अभियन्ता कृष्ण तिमल्सेनाको संयोजकत्वमा सन् २०१२ स्थापित तदर्थ समितिले तीन वर्षपछी पहिलो अधिवेशन सम्पन्न गरेको थियो ।

एसोसियसनले नेपाली सेफहरुको हकहित र सिप अभिबृद्धिका लागि यूकेमा काम गर्दै आएको छ । उक्त एशोसिएसनमा लण्डनमा मात्र नभएर लिभरपुल,मिडल्याण्ड,स्कटल्याण्ड र वेल्स लगायतका सेफह्रु आवद्ध रहेका छन् । आउदा दिनहरुमा सेफ एशोसिएसन र क्याटरिंग एशोसिएसनको सयुक्त पहलमा अगाडी बढ्नुपर्ने र सम्पूर्ण नेपालीहरु मिलेर नेपाली व्यवसायीहरुले उपभोग गर्ने सामाग्रीहरुको उत्पादन र वितरणमा लगानी गरेर अगाडी बढेमा नेपालीहरुको आर्थिक स्तर अझ बढ्ने धारणा पनि व्यक्त गरिएको थियो । यसको लागि पहल भैरहेको व्यवसायी कमल भण्डारीले बताएका थिए । कार्यक्रममा अग्रज सेफहरु श्रीराम राहुल,बद्रि प्रसाद जैसी, हरि प्रसाद सापकोटा, हेम प्रसाद सापकोटा, र राम डंगोललाई सम्मान गरिएको थियो । (गोर्खा रेडियोको सहयोगमा)