अन्तरजातीय बिवाह गर्दा मारिएका दलित युवाको लास माथि होली खेली कसरी मनाउन सकिन्छ मार्च२१ दिबसको रुपमा!

२१ मार्चलाई दिबश होइन आन्दोलनको घोषणा दिबशको रूपमा मनाउनु पर्छ ।

२१ मार्च अन्तरास्ट्रिय रंगभेद विरुद्धको दिबशको रूपमा मनाइरहदा के नेपालमा रहेका एक चौथाई जनसंख्या ओगटेका राज्यबाट समान अधिकार नपाएका , सामाजिक , साँस्कृतिक रूपमा अपहेलित जुन ईमानदार , श्रम सिपका धनी दलित समुदाय खुसी र गौरवले मार्च २१ मनाउन सक्छ होला ??

विशेष गरि आजको दिन २१ मार्च मनाउने एउटा छुट्टै विशेषता छ , १९६० मार्च २१ का दिन बहुसंख्यक कालाजाती रहेको दक्षिण अफ्रिकामा अल्पसंख्यक गोराजातीले एकछत्र राज गर्थे रंगको आधारमा गरिएको यो बिभेदले दक्षिण अफ्रिकाका कालाजाती भनिनेहरु निकै चरम बिभेदमा बाँच्न बाध्य थिए । अति नै भए पछि आधा सताब्दी अघि काला जातिहरु आफ्नो आत्मसंमान र अधिकारको लागि बिद्रोह गरे जहाँ विभेद विरुद्ध जातीय आत्मसंमानका लागि जुरमुराउदा ६९ जनाको हत्या गरियो । दक्षिण अफ्रिकाको सार्प भिल्ले बिद्रोहका रूपमा अन्तरास्ट्रिय तरङ्ग पैदा भयो यो घटनाले , कालाजाती माथी कानुनी रुपमा अङ्कुस लगाउदै एकछत्र राज गरिरहेका सरकारले (पासल ) नामक थप घोर बिभेदकारी ऎन ल्यायो ।

यहि आफुहरु विरुद्ध सरकारले ल्याएको ऎन विरुद्ध कि मृत्यु कि मुक्ती भन्दै कालाजातीहरु सार्प भिल्ले सहरमा बिरोध जूलूस १९६० मार्च २१ दिन बिशाल मानव सागर कै रूपमा अगाडी बढाय । आन्दोलनलाई निस्तेज पार्न सरकारले ६९ जना कलाजातिलाइ गोलि हानी हत्या गर्यो १८६ जना घाइते भए उक्त घटना सयुक्त रास्ट्र संघले बिश्वभर कायम सबै प्रकारका जातीय विभेद उन्मुलन गर्न २१ डिसेम्बर १०६५ मा अन्तर्राष्ट्रिय महासन्धि पारित गर्यो । उक्त महासन्धि पारित भए पछि जातिभेद तथा रङ्ग भेद उन्मुलन दिबसका रूपमा मनाउने घोषण भएको र सन १९६६ देखि हरेक बर्ष मार्च २१ लाई अन्तरास्ट्रिय जातीय भेदभाव विरुद्धको दिबसका रूपमा मनाउन थालिएको हो। नेपालमा पनि विशेष सदियौ देखि धर्म, संस्कार , श्रम सिपका आधारमा कुल जनसंख्याको एक चौथाइ जनसंख्या ओगटेका दलित समुदायलाई अछुत , तल्लोजात , पानी नचल्ने जात भनी राज्यबाट बहिस्कार र सामाजिक रुपमा अपमान र विभेद गर्दै आए ।

२०६२/२०६३ को ऎतिहासिक जनआन्दोलनबाट पुन स्थापित ससदको २०६३ जेष्ठ १६ गतेको बैठकले नेपाललाई छुवाछूत मुक्त रास्ट्र घोषणा गरेको थियोे । जातीय भेदभाव छुवाछूत कसुर सजाय र ऎन २०६८ जारी गरेको थियोे नेपालको संविधान २०७२ को प्रस्ताबना र दलितका हक धारा ४० मा समेत दलित समुदायको हक अधिकार र छुवाछूत बिभेदलाइ कानुनी रूपमा अपराध र दन्डनिय लेखेको छ । दलित आन्दोलनको लामो सघर्स , त्याग बलिदानले राष्टिय दलित आयोग,बादी बिकाश समिति , दलित बिकास समिति गठन भयो ।

तर पनि यतिका बर्ष बितिसक्दा दलित समुदाय माथी हुने जातकै आधारमा अन्तरजातिय बिवाहा गर्दा दलित युवालाइ मार्नु, दलित युवतीशीत प्रेम गरि गर्भवती भए पछि नदिमा मारेर फाल्नु , धारा पधेरामा पानी छोइएको निहुमा दलित महिला माथी निर्मम कुटपिट हुनु, मन्दीर प्रबेश गर्दा दलितलाई जरिवाना तिराउनु, दलितका औला काट्दिनु, मन्दीर ताला लगाउनु यी याबत घटना अझै पनि समाजमा बढदै जादा दलित समुदायले आत्मसमान र राहतको महशुस गर्न पाएको छैनन् । साढे दुई बर्ष देखि अन्तरजातीय बिवाह गर्दा काभ्रेको अजित मिजारको लास टिचिङ हस्पिटल मै सडेको छ , अन्तरजातीय बिवाहा गर्ने जोडि सडक गल्लिमा ज्यान जोगाउन भौतारीरहेका छन् , एकातिर बढदै गएको बलात्कार र हिंसाको सिकार ८०% दलित महिला र बालिका परेको बास्तबिकता डाटा छ । २१ मार्च दिबसको रुपमा होईन अफ्रिकाका कालाजातीले जस्तै नेपालका दलितहरुले पनि आफ्नो अधिकार स्वतन्त्रता र आत्मसमानको लागि प्रतिकार र प्रतिरोध गर्न सक्नु पर्छ र आबस्यकता पनि हो ।

जातीयता कै नाममा दलित युवा मारिदा , दलित महिलाहरुलाइ बोक्सी भन्दै दिशा पिसाब खुवाएर मार्दा, यो देसको नागरिक हो हामी पनि भनी राज्यबाट अन्य नागरिक सरह अधिकार र संमान पाउन सकिँदैन , सामाजिक रूपमा स्वतन्त्रता र आत्मसंमान पाइदैन कसरी दलित समुदायको लागि २१ मार्च दिबश हुन्छ ? के हामी जातकै आधारमा मारियका दलित युवाहरुको लास माथी न्याय दिन नसकेको यो अबस्थामा कसरी मार्च २१ दिबस पनि खुशीको होलि खेल्न सक्छौ ?? बरु एउटा पाठ सिकौ जातीय विभेद विरुद्ध नयाँ स्वरुपबाट अधिकारको लागि आन्दोलनको शुरूवात गरौ जहाँ मुक्ती कि मृत्यु भनी अफ्रिकाका कालाजाती जस्तै एउटा मुक्तीको बाटो रोजौ ।। र जातीय विभेद विरुद्धको आन्दोलन घोषणा दिबशको रूपमा मनाउ ।

( धन्यवाद सरु सुनार ) सन्दर्भ २१ मार्च