सबैको अत्यधिक प्रतिक्षामा बलिदान,करिव एक हप्ता लगायर म्युजिक भिडियो,अहिले सम्मकै धेरै लगानी

करिव एक हप्तामा सात लाख भन्दा धेरै खर्च गरेर तयार हुन लागेको नयाँ गीत बलिदानको फस्ट लुक सार्वजनिक भएको छ । नेपाली लोकदोहोरीको इतिहाँसमै पहिलो पटक केलिकप्टर प्रयोग गरि भिडियो निमार्ण गरिएको सो गीतको प्रतिक्षा समेत तिव्र बनेको छ ।

एक लाख पनि लगानी गर्दैन लोकदोहोरीमा भन्नेहरुले करिव सात लाख लगानी भएको देखेर अहिले जिव्र काडिरहेका छन । त्यति मात्र होइन गायिकालेनै १ लाख पारिश्रमीक लिन थाले पछि अहिले अन्य विधाका गीत गाउने गाइकाहरु र प्रशंसकहरु समेत लोकदोहोरीलाई सम्मानका शब्द खर्चिन थालेका छन ।

यस्तै पछिल्लो समय एउटा लोकदोहोरीको म्युजिक भिडियोमा निमार्णमा हेलिकोप्टर प्रयोग भएको छ । गणेश अधिकारी,समिर विष्णु खत्रीको प्रस्तुती रहेको बलिदान बोलको सो गीतमा चर्चित मोडलहरु सारिका केसी र विमल अधिकारीका सथौ ओवी रायमाझीले अभिनय गरेको सो गीतमा प्रभु हेलिकोप्टर प्रयोग गरिएको छ भने गीतलाई कपिल लामाले निर्देशन गरेका छन ।

सामान्य रुपमा अनुमान लगाउने हो भने पनि यो गीतमा सात लाखको हाराहारीमा लगानी भएको अनुमान गर्न सकिन्छ । जुन मोटो रकम हो । एकाएक चर्चामा आएका गायक गणेश अधिकारीे र विष्णु माझीको आवाज रहेको सो गीतलाई योग्सना डिजिटलले बजार ब्यवस्थापन गर्ने छ ।

गीतको पुरै म्युजिक भिडियो करिव एक हप्ता लगाएर निमार्ण गरिएको छ भने गीतको सम्पुर्ण काम राम्रो भएको बताउदै गायक गणेश अधिकारीले गीतले सबैको मन जित्नेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

गीतले माया प्रेमलाई विषयबस्तु बनाएको छ भने गीतलाई गणेश अधिकारीले सिर्जना गरेका हुन । गीतलाई सो गीतलाई पुर्ण रुपमा सफलताको शुभकामना हाम्रो तर्फबाट