लभ स्टेशनको पोष्टरमा प्रदीप र जसिताको यस्तो सेक्सी लुक्स (फोटोफिचर)

काठमाडौं, १७ फागुन

चलचित्र लिली बिलीका लोकप्रिय जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री चलचित्र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’ नयाँ वर्षको अबसर पारेर २२ चैतबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने भएको छ ।
सांगीतिक प्रेम कथामा आधारित यो चलचित्रको प्रदर्शन मिति निजिकिँदै गर्दै फस्ट लुक्सको रुपमा यसको पोष्टर शुक्रबार रिलिज गरिएको छ ।

A004_C032_01302I

‘क्यारेक्टर इन्ट्रोडक्सन’ युक्त दुई पोष्टर, सिक्छ सिटर २ पोष्टर र ३० बाई ४० को तीन पोष्टर सहित जम्मा सात ओटा पोष्टर रिलिज गरिएको हो । चलचित्र प्रदर्शनको मिति नजिकिँदै गर्दा यो चलचित्रको पोष्टर सार्वजनिक गरिएको यसका प्रस्तुत कर्ता गोविन्द शाहीले जानकारी गराएका छन् ।
रिलिज गरिएको पोष्टर मध्य दुई पोष्टर पिङसँग छ । अभिनेता प्रदीप र अभिनेत्री जसिताको सम्बन्धलाई पिङ मार्फत एउटा पोष्टरमा दर्शाईएको छ । अभिनेत्री जसिताको ‘क्यारेक्टर इन्ट्रोडक्सन’ पोष्टरमा उनी पिङमा रमाएकी छिन् । यस्तै अभिनेता प्रदीपको ‘क्यारेक्टर क्यारेक्टर इन्ट्रोडक्सन’ पोष्टरमा उनलाई गीटारको साथ प्रस्तुत गरिएको छ ।

A004_C032_01302I

सबै पोष्टरको डिजाईन आनन्द महर्जनले गरेका हुन् । लभ स्टेशनको अहिले चर्चामा रहेको तथा भियतनाम र बालीको खिचिएको गीत जुन तारा चाहिंदैन…को एक सुन्दर दृष्यलाई पनि दुई पोष्टरमा समेटिएको छ । जसमा समुन्द्र किनारमा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको रोमाञ्चकारी भावलाई समेटिएको छ । यस्तै बाँकी दुई पोष्टरमा अभिनेता प्रदीप र अभिनेत्री जसितालाई मिठो अँकमालमा देखाईएको छ । यो पोष्टरले यी दुईको प्रेम सम्बन्धलाई अझ प्रगाढ देखाएको छ ।
यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । उनका अनुसार चलचित्र लभ स्टेशन सांगीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो ।

A004_C032_01302I

अभिनेता प्रदीप खड्काले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतको सिनेमा भन्दा लभ स्टेशनमा आफ्नो काम केही पृथक रहेको बताएका छन् ।

यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।
आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

A004_C032_01302I