जलेर खरानी जस्तै भएकी धना परियारले गायिन कमल सरगमको गीत,रुदै भनिन् मेरो सपना पुरा भयो(भिडियो कुराकानी सहित)

काठमाडौँ – केहि दिन देखि बिष्णु माझीको अर्को दुब्लिकेट आवाज भनेर मिडियामा भाइरल भएकि एक अदभुत आवाज भएकी धना परियारलाई धमाधम सहयोग आउन थालेको छ भने उनि यो बेला स्टुडियोमा पनि निकै व्यस्त हुन थालेकि छिन।पत्रकार कमल सरगमले चालेको उक्त अभियानलाई सार्थकतामा बदल्नको लागि देश देखि विदेश सम्मका बिभिन्न नेपालीहरुको सपोर्ट रहेको छ।आज मात्रै उनले ४ ओटा गीत गाउँन सफल भएकी छिन भने सबै गीतबाट उनले पारिश्रमिक पाएको बताउछिन।

सोहि क्रममा केहि नेपालीहरुले प्रबासबाट धना परियारलाई सहयोग रकम पाठाएक थिए।अमेरिकामा बस्दै आउनुभएका चर्चित गीतकार तथा समाजसेवी सतिस अधिकारीले रु १५ हजार आर्थिक सहयोग गर्नु भएको थियो भने अर्को एक प्रबासी ग्रुपले रु १३ हजार भन्दा बढी आर्थिक सहयोग गरेका थिए।धना र बाल कुमार ले गाएको गीत यस्तो बन्यो हेर्नुहोस :