अस्ट्रेलियाका प्रभाबशाली नेताद्धारा नेपाललाई वुद्ध र सगरमाथाको देशको रुपमा प्रसंशा

अस्ट्रेलियाका प्रभाबशाली नेताका रुपमा मानिने अध्यागमन तथा सीमा सुरक्षासम्बन्धी फेडेरल छायाँ मन्त्री एबं पूर्व फेडेरल मन्त्री रिचार्ड मार्लससंग लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले नेपाल भ्रमण बर्ष २०२० का बिषयमा छलफल गर्ने क्रममा नेपाल सरकारले २०२० मा नेपाल भ्रमण बर्ष मनाउने तयारी गरिराखेको र त्यस्का लागि प्रत्येक बर्ष बीस लाख पर्यटक भित्र्याउने लक्ष लिएकोले त्यस्मा अस्ट्रेलियाको तर्फबाट पनि उल्लेख्य योगदान रहने कुरामा नेपाल सरकार र नेपाली समुदाय आशाबादी रहेको बताएपछि नेता रिचार्डले नेपाललाई वुद्ध र सगरमाथाको देशको रुपमा प्रसंशा गरे ।

छलफलपछि भिडियो सन्देश मार्फत नेपालमा पर्यटक भित्र्याउने नेपाल सरकारको यो महत्वपूर्ण कदम भन्दै नेता रिचार्ड्सले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले अस्ट्रेलिया, नेपाली समुदायको लागि मात्रै नभएर नेपाल र अस्ट्रेलिया बीचको द्धिपक्षीय सम्बन्धको लागि पनि अत्यन्तै राम्रो र महत्वपूर्ण भूमिका निर्बाह गरेको बताए ।

आफूले २०१२ मा नेपालको भ्रमण गरेको स्मरण गर्दै नेता रिचार्डले नेपाल साँच्चै नै जादुमय देश भन्दै वुद्धको जन्मभूमि र विस्वकै सर्बोच्च शिखर भएको देश नेपालको राजधानी काठमाण्डौं आँफै पनि बहुपक्षीय संपदाले धनी भएको बताउँदै नेपाल भ्रमण गर्ने जो कोहीले पनि मुक्त कण्ठले प्रसंशा नगरी रहन नसक्ने बताए ।

जनसंख्याको दृष्‍टिकोणले अस्ट्रेलियाकै हाराहारीमा रहेको नेपालसंगको सम्बन्धलाई अन्य दक्षिण एशियाली मुलुकहरुसंगको सम्बन्धलाई जस्तै महत्व दिएको बताउँदै नेता रिचार्डसले २०१५ मा गएको बिनाशकारी भूकम्पका कारण अत्यन्तै प्रभाबित भएको नेपालको पुनर्निर्माण कार्यमा अस्ट्रेलिया निवासी नेपालीहरु र अस्ट्रेलियन सरकारको योगदान द्धिपक्षीय सम्बन्धको राम्रो उदाहरण भएको बताउँदै नेपाल भ्रमण बर्ष २०२० को सफलताको शुभेच्छा ब्यक्त गरे ।

भिडियो: