जन्मजातै अपाङ्ग भएका पाँचै सन्तान, कुन जुनीमा पाप गरेछु भन्दै धरधरी रोए ७२ वर्षीय बाबु (हृदयबिदारक भिडियो)

स्कटनेपाल,

भक्तपुर, झुप्रो भए पनि एक तल्ले घर , सोहि घरलाई वरिपरि फलामे तारले बारिएको , बारिएको कम्पाउण्ड भित्र कान नसुन्ने, बोल्न नसक्ने, फोहोर सफा छुटाउन नसक्ने, जे मन लाग्यो त्यहि खाने, अनायासै रुने कराउने, एक टक हेरिरहने, सामान्य हिडडुल गर्न सक्ने पाँच जना अशक्त अपाङ्गता भएका व्यक्तिलाई कैदी झैँ बनाएर राखेको दृश्यले हाम्रो मन छियाछिया भयो। मानिसको जीवनमा यस्तो सम्मको पनि दुख हुँदो रहेछ कल्पना गर्दा पनि असह्य पिडा हुने खालको दृश्य वास्तविकतामा नै कसैको जीवनमा घट्छ भने त्यो भन्दा दुख लाग्दो अरु के नै हुन सक्छ र ? राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकामा यहिँ दर्दनाक समाचार सम्प्रेषण भए पछि हामीले पनि केहि सरसहयोग गर्न सक्छौ कि उनीहरुको घाउमा मलम लगाउन सक्छौ कि भनेर काठमाडौँ हुँदै पुर्बको मोरंग जिल्ला इटहरा ७ सिक्किमे टोलमा हामी पुग्यौ।

सिक्किमे टोलमा एउटा सानो झुप्रो छ। उक्त झुप्रोलाई वरिपरि फलामे तारले बारिएको छ। यसै घरमा बस्छन् ढुंगाना परिवार। तुलसीराम ढुंगाना अहिले ७२ वर्षका भए। रहरले होइन बाध्यताले उनले दुई वटा श्रीमती विवाह गरेका हुन्। पहिलो श्रीमती तुलसी ढुंगानासँग उनको वैवाहिक जीवन सुखमय नै बितिरहेको थियो। उनिहरुबाट दुई सन्तान भयो। ती दुई सन्तान नै मानसिक र शारीरिक रुपमा अपांग भए। दुख्मन गरे पनि अपांग भए पनि सपांग भए पनि आखिर सन्तान त सन्तान नै हो। आफ्नो सन्तान अपांग भए नि सपांग भए पनि माया लाग्ने त उत्ति नै हो। दुई आपंग सन्तानलाई हुर्काइ बढाई गर्दागर्दै तुलासिरामको पहिलो श्रीमतीले मृत्यु वरण गरिन्। छोराछोरी सानै भएकोले उनीहरुको लालनपालन गर्न भए पनि तुलासिरामले अर्को विवाह गर्नै पर्ने बाध्यता भयो।

उनले आफ्नै स्वर्गीय श्रीमतीकी बहिनी सृजनालाई विवाह गरे। दोश्रो श्रीमतीबाट पनि उनको तिन सन्तान भयो। ति तिन सन्तान पनि अपांग नै जन्मिए। अब ढुंगाना परिवारमा पाँच सन्तान नै अपांग जन्मिएकोले उनीहरुलाई सम्हाल्न निकै गार्हो पर्यो। अहिले ति अपांग सन्तानलाई फलामे तारले घर वरिपरि बारेर कैदी झैँ रखिएको छ। आफ्ना सन्तानलाई त्यसरी राख्न कुन चाही आमाबुबाको मनले मान्छ र ? तर बाध्यता नै त्येस्तै छ कैदी झैँ नराखे उनीहरु जहाँ मन लाग्यो त्येही हिड्ने गर्छन् उनीहरु कहाँ कता जान्छन् उनीहरुलाई नै शुर हुँदैन।

घर नजिकै छिमेकीले माछा पोखरी खनेका छन्। फलामे तारले घर बारे पनि बारमा मान्छे छिर्ने ठुलो ठुलो प्वाल भएकोले उनीहरु कतै पोखरीमा गएर दुबे भने के गर्ने भनेर तुलसीराम चिन्ता मानिरहंछन। हुन पनि उनीहरु सबैलाई जति बेला पनि गोठाला लाग्न असम्भव छ। कुनै बेला छल्लिएर उनीहरु पोखरीमा गएर दुबे भने जिम्मेवार को हुन्छ त ?

तुलसीरामको अनुसार उनको पाँच जना सन्तान नै जन्मजात अपांग हुन्। अपांग मात्र होइनन् उनीहरु सुस्त मनस्थितिका समेत छन्। उनीहरुलाई न तातो महसुस हुन्छ न चिसो नै। उनीहरु आफु बसेकै ठाउमा दिसापिसाब गर्छन्। फेरी त्येही दिसापिसाबगरेको ठाउँमा आफै सुत्ने गर्छन्। आगन मा छरिएको माटो खान्छन् रोपिएको फुलको पात घास टिपेर खान्छन्। गोठमा गएर गोभर नअघाउञ्जेल पेटभरी खान्छन्। गिट्टी बलुवा समेत खान पछि पर्दैनन् उनीहरु। हिलोमा सुत्छन् लटपतिन्छ्न उनीहरुलाई सफासुग्गर भएर बस्नु पर्छ भन्ने कुनै ग्यान छैन। उनीहरुलाई लुगा लगाइदिने खुवाइदिने दिसापिसाब गरिदिने सबै अरुले गरिदिनु पर्छ । अहिले यो सबको जिम्मेवारी बहन उनको आमा शृजनाले गरिरहेकी छिन्।

तुलसीरामले पनि आफ्नो शरीरमा तागत छउन्जेल आफ्नो सन्तानको हेरचाह नगरेका पनि होइनन्। आफ्ना सन्तान अपांग भैहाले भनेर उनले कहिले पनि कसैसँग हात फैलाएनन्। शरीरले सकेसम्म आफै मेलापात गरेर भएपनि घर चलाइरहेका थिए। तर उनको पनि तागत घट्दै गयो उनी कम्जोर हुन थाले उनलाई बुढ्यौली लाग्न थाल्यो। सुगर रोगले समेत च्यापेको छ उनलाई। सुगर रोगको कारण उनको आखामा रगत जमेको छ। अहिले उनि आँखा समेत देख्दैनन्। यो अवस्थामा उनले आफुलाई सम्हालून कि आफ्ना अशक्त सन्तानलाई।

जन्मजात नै अशक्त अपांग त्यहिँ पनि सबै सन्तान यो कसरि हुन गयो भनेर उनले निक्कै गहिरेर सोचे। पुर्खाले केहि गलत काम गर्नाले सराप लागेर यस्तो त भएको होइन भनेर उनले आफ्ना पांच जना सन्तानको नाममा नै पुराण लगाइदिए। पुजापाठ गरे। धमिझाक्री पनि लगाए। तर प्रतिफलमा केहि सुध्रिदो अवस्था उनीहरुमा देखिएन। अध्यात्मिक कुरालाई छोडेर उनी डाक्टरकोमा पनि धाए। डाक्टरले ठाडै तपाइको सन्तान अब जीवनभर यस्तै हो यसको केहि उपचार नै छैन भने पछि निराश हुँदै उनी अहिले सम्म आफ्ना सन्तानलाई लालनपालन गरिरहेका छन् ।

जग्गाको नाममा तुलासिरामको डेढ बिघा जमिन थियो अब त्यो थियोमा नै सिमित भएको छ किन कि उनले आर्थिक अभाव हुँदा त्यहि जागा बेचेर घरमा खर्च टारेका थिए। अहिले उनको बाँकि १ बिघा मात्र जग्गा रहेको छ। त्येही जग्गामा पनि बलि उब्जनी कसले गर्ने ? काम गर्ने मान्छे नहुँदा उनले त्यो जग्गा अरुलाई कमाउन दिएका छन्। अधिया मार्फत उनलाई केहि रकम आउछ तर त्यति रकम उनको परिवारको जिविको पार्जनको लागि पर्याप्त छैन। आजको दिन सम्म तुलसीराम कै श्रीमतीले मेलापात गरेर घरखर्च टारिरहेकी छिन्। आफ्ना सन्तानलाई चाडबाडमा उनले न मीठोमसिनो खुवान सकेका छन् न त नँया कपडा लगाउन दिन नै सकेका छन्। उनले मीठोमसिनो खुवाउन नसक्नु र उनको सन्तानलाई मिठो भनेको के हो भन्ने पनि थाह नहुनु उस्तै छ। दैवको लिला पनि कस्तो अचम्मको पाँच जना सन्तान मध्य एउटा सद्दे भएको भए त उनको बुढेसकालको शाहारा हुन्थ्यो तर दुर्भग्यवस उनको पाँच जना सन्तान नै अपांग अशक्त भए पछि अब उनलाई उनको बुढेसकालमा कसले शहरा देला भनेर खुब पिर लाग्छ। आफ्नो बुढेसकालको भन्दा पनि आफु नभए पछि आफ्नो सन्तानको हेरचाह कसले गर्छ भनेर अझ बढी उनलाई पिर छ।

आफ्नो सेख पछि उनीहरुले की गरेर भए पनि खान सकुन भनेर उनले पढाउन पनि खुब खोजे। घरमा राम्रो कपडा दिएर मिठो खान दिएर फकाएर पढाउन खोजे। नाम मात्र लेख्न सक्ने भए पनि धेरै हुन्छ भन्ने सोचेर उनले आफ्ना सन्तानलाई आफैले साक्षर बनाउन खोजे तर उनको प्रयास बालुवामा पानी खनाए सरि भयो। पढाउन लेखाउन खोज्दा उनीहरु चल्ने उठेर हिडिदिने, कापीमा जथाभावी कोरिदिने गर्न थाले। आफुले नसके पनि विद्यालयले त सक्ला भनेर उनले कान नसुन्ने विद्यालयमा लगेर भर्ना गरिदिए। विद्यालयमा उनीहरुले दिसापिसाब गरिदिने, त्यहि सुत्ने गरे पछि विद्यालय समेत आजित भएर उनीहरुलाई पढाउन नसकिने रहेछ भनेर घर फ़र्काइदिए। उनीहरु आफुले बोल्न पनि सक्दैनन् अरुले बोलाए पनि सुन्दैनन् कसैले इशारा गर्यो भने मात्रै उनीहरु केहि बुझे झैँ गर्छन्। यसकारण उनीहरुलाई पढाउने प्रयास असफल भयो।

नाजुक आर्थिक स्थतिका बाबजुत पनि उनीहरुलाई सरकारी निकाएबाट कुनै सहयोग भएको छैन। मासिक रुपमा अपाङ्गता भत्ता दुई हजार चाही उनीहरुले बुझिलिने गरेका छन्। अहिले बसेको घर समेत ढुंगाना परिवारको स्थिति देखेर संस्थाले बनाइदिएको हो। तुलासिरामको अनुसार राजु श्रेष्ठले गोठ बनाइदिएका हुन्। काठमाडौँका सामाजिक अभियन्ताले पाइखाना बनाईदिएका हुन्। यसरि संघसंस्थाले उनीहरुलाई कहिले चामल दिने कहिले लत्ताकपडा त कहिले सागसब्जी दिने गर्छन्। यसरीनै उनीहरुको दैनिकीमा अलिअलि भए पनि सहयोग पुगिरहेको छ। भोट माग्न आउँदा यसो गर्दीउला उसो गर्दीउला भनेर आश्वाशन मात्र दिन्छन् पछि जिते पछि वास्ता बेस्ता गर्दैनन् भन्दै तुलासिरामले गुनासो समेत पोखे।

ढुंगाना दम्पत्ति नरहदा उनीहरुको पांच सन्तानको अवस्था के होला ? उनीहरुको हेरचाह कसले गर्ला ? यो प्रश्न त छदै नै छ। हाल अहिले उनीहरुले कस्तो जीवन बिताइरहेका छन् त ? यसलाई मध्यनजर गर्दै उनीहरुको जीवन स्तर गुणस्तरीय बनाउन एकदम जरुरि छ। तपाई यो भिडियो जहाँ जुन देशमा बसेर हेरिराख्नु भएको छ कृपया यो भिडियोलाई बेवास्ता नगरिदिनुहोला। तपाईहरु सम्पूर्णली आ-आफ्नो ठाउबाट एक एक शेयर गरेर भए पनि ढुंगाना परिवारलाई सहयोग गरिदिनु होला। थोपा थोपा मिलेर समुन्द्र बन्छ भने झैँ तपाई हाम्रो धेरथोर सहयोगले ढुंगाना परिवारको जीवनमा खुसीको पल आउछ भने किन सहयोग नगर्ने। आउनुहोस् हातेमेलो गरौ आफुले सकेको सहयोग गरौ। सके हजार नसके प्रचार गरेर भए पनि सहयोग गरिदिनु हुन् विनम्र अनुरोध छ।

आर्थिक सहयोग गर्न चाहनेले ढुंगाना परिवारलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ। ढुंगाना दम्पत्तिलाई ९८१९०७३८७९ मा कल गरेर डाइरेक्ट सम्पर्क गर्न सक्नुहुन्छ। साथै सहयोगी मनहरुले पिएनपि मिडियाको कार्यालयमा र पिएनपि मिडियाको अफिसियल पेज पिएनपिखबर डट कममा मेसेज पनि गर्न सक्नुहुन्छ।

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.