मन्दिर भित्रको गोप्य अडियो सार्वजनिक ! फर्केला राजतन्त्र ? विन्ध्यवासिनी मातासंग यस्तो मागे पुर्व राजाले ! (हेर्नुहोस भिडियो)

पूर्व राजा ज्ञानेन्द्र शाहले पोखरेली जनताको माया, ममता र सद्भावले आफू पटक पटक पोखरा आएको बताएका छन् । पोखराको विन्ध्यवासिनी मन्दिरमा शनिबार दर्शन गर्न गएका पूर्व राजा ज्ञानेन्द्रले सबैको सत्कारले बारम्बार आउने गरेको बताए ।

उनले पोखरामा धेरै मठ मन्दिर पनि रहेका र यहाँको सुन्दरताका कारण आफू पोखरा पटक पटक आउने गरेको उल्लेख गरे । पोखरेली जनताले पूर्व राजा ज्ञानेन्द्रलाई स्वागतका लागि पोखराको नालामुखदेखि विन्ध्यवासिनी मन्दिरसम्मको करिब एक किमी क्षेत्रमा लामबद्ध थिए ।

पोखराका विन्ध्यवासिनी मन्दिरमा बिहान ११ बजे पूर्व राजा ज्ञानेन्द्रले पूर्व रानी कोमल शाहसँगै मन्दिर दर्शन गरे । उनले मन्दिरमा करिब २० मिनेटसम्म पूजाआजा गरेका थिए । पूर्व राजा ज्ञानेन्द्रको स्वागतको लागि पञ्चेबाजा र झाँकीसमेत प्रदर्शन गरिएको थियो ।

गत पुस २ गते पोखरा आएका उनले यहाँ रहँदा विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरुलाई समसामयिक परिस्थितिबारे छलफल गर्दैआएको बताइएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापा सगँ पनि शुक्रबार पोखरामै छलफल गरेका थिए । उनीहरुले गणतन्त्र मुर्दावाद, राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, टोलटोलमा हल्ला छ, राजा ल्याउने सल्लाह छ लगायत नाराबाजी गरेका थिए ।

हेर्नुहोस भिडियो