प्रहरीले कुटेर यस्तो हालत ! पेटमा ५२ वटा टाँका लगाउन पर्यो ? कस्को गल्ति ? खास के भा’थ्यो ?

काठमाडौँ,

सामान्य भनाभन मै प्रहरी जवान प्रेमबहादुर विष्ट र बुद्धबहादुर थापाको कुटाइबाट गम्भीर घाइते भएका गलकोट नगरपालिका ६ हरिचौरका सोमबहादुर बस्नेतको मेजर सर्जरी (अप्रेसन) भएको छ ।

प्रहरीको कुटाईबाट पेटमा गम्भीर चोट लागेका ४० वर्षीय बस्नेतको पोखरास्थित फेवासिटी अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको हो ।

पेटमा ठूलो चोट परेकोले फियो (पेट भित्रको अंग) च्यातिएर रगत बगिरहेको उपचारमा संलग्न सर्जन डा. सुरेशराज पौडलले जानकारी दिए । ‘उहाँको पेटमा दुई लिटर जति रगत फैलिएको थियो,’ उनले भने, ‘लाइफ सेभिङ अप्रेसन गरिएको हो । पेटको रगत सफा भएको छ । बिरामीको अवस्था सुधारोन्मुख हुँदै गएको छ ।’

अप्रेसनपछि बिरामीले पानी, झोल पदार्थ खाइरहेको डाक्टर पौडेलले बताए । घाइतको उपचारका लागि बस्नेतकी श्रीमती कृष्णकुमारीसहित उनका आफन्त पोखरामा छन् । बस्नेतको मेजर अप्रेसन भएकाले पेटभरीमा झण्डै ५२ बढी टाँका लगाइएको परिवार स्रोतले जानकारी दियो । प्रहरीको प्रत्यक्ष निगरानीमा बस्नेतको उपचार भइरहेको छ ।

भिडियो हेर्नुहोस