मेरो नाम र तस्बिर राखेर रबिजीको चरित्र हत्या गरियो ! समाजसेवी इशा गुरुङ गर्जिदै लाइवमा (भिडियो सहित)

स्कटनेपाल युके,

बिदेशमा बसे पनि नेपाल र नेपालीकै लागि आफुलाई समर्पित गर्ने केहि मध्येमा पर्छिन् इशा गुरुङ्ग । बेलायत बासि १ छोरीकी आमा समेत रहेकी इशा नेपालमा कोहि कसैलाई आपत पर्यो भने उनी चुपालागेर बस्न सक्दिनन् । उनले नेपालका विभिन्न संघसंस्था, व्याक्तिहरुलाई सहयोग गरिसकेकी छन् । कहिले अभियान चलाएर सहयोग गर्छिन् कहिले आफ्नो पकेटबाट गर्छिन् तर उनी चुप लागेर भने बस्न सक्दिनन् । उनी भन्छिन् म बेलायतमा भएपनि मन भने नेपालमा नै छ, नेपालीकोपीडाले सबैभन्दा बढी छुन्छ मलाई । कोहि कसैले नेपालको बारेमा नराम्रो बोल्यो भने पनि म चुपलागेर बस्न सक्दिन ।
त्यस्तै अहिले धेरैको परिवार बनाएका बहुचर्चित सञ्चारकर्मी रवि लामिछाने स्वयमको घर भने राम्रोसँग अघि बढ्न नसकेको रहस्य उनले खोलेका छन् । रविले पत्नी ईशा लामिछाने सँग करिब २५ वर्ष लामो वैवाहिक सम्वन्ध टुंग्याएका छन् ।

ईशासँग रविले केही दिनअघि मात्रै डिभोर्स गरेको कुरा आँफैले फेसबुकमा लेखेका छन् । रवि र ईशाका दुई छोरी छन् । दुबै छोरीको जिम्मेवारी आफूले लिएको रविको भनाइ छ । यसै बिषय बस्तुलाई लिएर सामाजिक संजाल इशा गुरुङको नाम र फोटो प्रयोग गरी रबि लामिछाने को चरित्र हत्या गरेको भन्दै उनले जानकारी गराइन ।

सम्बन्धित बिषय बस्तु बारे उनि एकछिन पनि खट्न न सकी तुरुन्त लाइव भिडियो मार्फत उनले जानकारी गराएकी छन् हेर्नुहोस भिडियो :