स्कटल्याण्ड रेस्टुरेन्ट ब्यबसायी खराल र भण्डारीले मृगौला पिडित सोफिया अधिकारीको लागी गरे रु १,००,००१ को सहयोग !

स्कटनेपाल युके,

बेलायतवासी रेस्टुरेन्ट ब्यबसायी टिकाराम खराल र सागर भण्डारीले दुबै मृगौलाले काम नगरी उपचारत सोफिया अधिकारीको लागी रु १,००,००१ को सहयोग गरेका छन। सोफिया अधिकारी केबल १६ बर्षकी किशोरी हुन। पारिबारिक आर्थिक अबस्था र महंगो उपचार खर्च भएको कारण परिवारले स्कटनेपाल मार्फत गरेको आर्थिक सहयोगको अपिल लाई खराल र भण्डारीले आनकान नगरी खुसीले यो रकम उपलब्ध गराएका छन।

गुल्मी जिल्लाको आपचौर र इन्द्रेगौडा बाट करिब १२ बर्ष पहिला बेलायत आएका खराल र भण्डारी स्कटल्याण्डको एडिनबर्गमा परिवार सहित रेस्टुरेन्ट ब्यबसाय गरी बस्छन। वर्क परमिटमा बेलायत आएका खराल र भण्डारी निकैनै मेहनत गरी अहिले आफ्नो रेस्टुरेन्ट ब्यबसायमा सफलता हासील गरेका छन् र स्कटनेपालको यो प्रयास निकैनै सर्हानिय बताए।

दुवै मृगौलाले काम नगर्ने भएपछि मोरङकी १६ बर्षे बालीका सोफिया अधिकारीको लागी सहयोगको अभियान स्कटनेपाल मिडिया हाउस प्रालीले अगाडी बढाएको छ। मोरङ सुन्दर हरैँचाकी सोह्र वर्षिया वालिका सोफिया अधिकारी उनको दुवै मृगौलाले काम नगर्ने भएको अहिले २ वर्ष भईसक्यो तर उनले सो मृगौला प्रत्यारोपण गर्न सकेकी छैनन्। विगत् १६ महिना अगाडि देखि भक्तपुर स्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा अर्थिक अभावका कारण उपचारको पर्खाइमा जीवन र मृत्युसँग लडिरहेकी छिन ।

बिगत २ वर्षदेखि मृगौलाको डाइलोसिसगर्दै आएको छौ, इन्द्र माया अधिकारी पिडितकी आमाले भन्नु भयो। मृगौला प्रत्यारोपण गर्न आर्थिक अवस्था छैन उनले भनिन्। भएको सम्पति २६ लाख खर्च गरीयो सोफियाका बाबा खाडी मुलुक साउदीमा हुनु हुन्छ, उहा भन्नु हुन्छ छोरीलाइ बचाउने हो तर कसरी भन्दै रुनु हुन्छ । पढाईमा अब्बल आएकी सोफिया डान्स टिचर बन्ने उनको रहर रहेछ तर अहिले अब डान्स गर्न सक्दिन मलाई बचाउनु होस् म ठुली भएर आमा बाबालाइ पाल्छु भन्छिन ।

दूवै मृगौला फेल भएर विगत् सोह्र महिना अगाडि देखि भक्तपुर स्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचार गराई रहेकी, मोरङ सुन्दर हरैँचाकी सोह्र वर्षिया वालिका सोफिया अधिकारीलाई सहयोग गर्न चाहनुहुने सहयोगी दाता हरुले यसरी सहयोग गर्न सक्नुहुनेछ!
राम बहादुर राई, मुक्तिनाथ विकास बैंक लिमिटेड
खाता नं 03021600233398000001,
सिधा सम्पर्क सोफियाको आमा ईन्द्र मायाँ अधिकारी, मोवाईल नं 00977-9819395274

भिडियोमा थप अपडेट हेर्नुहोस :