दशैं गइ हाले पनि लाखौं परदेशीलाई रुवायो यो दशैंको गीतले (भिडियो)

भर्जीनिया, यूएयए –

सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यको ‘परदेशीलाई दशैं तिहार’ बोलको दसैं गीतको म्युजिक भिडियो निर्माण भएको छ। गायक अर्जुन सुनामको श्वर तथा संगीत रहेको यस गीतमा मूख्य अभिनय भिम दाहाल, सोनि विष्ट, बाल कलाकारहरू सृष्टि आचार्य र सस्मित दाहालको रहेको छ।
आलाप रेकर्डिड. स्टुडियोले बजारमा ल्याएको यस गीत अमेरिकामा सुटिड. गरिएको हो । काठमाडौंबाट सूचना प्रविधिको प्रयोग अधिकतम् गर्दै अनलाइन लाइभ मार्फत् यस म्युजिक भिडियोमा निर्देशन हेम प्रभाषले गरेका छन् भने प्रोडक्सन म्यानेजरको जिम्मेवारी केशव आचार्यले बहन गरेका छन् । सूचना प्रविधिको विकास सँगै नयाँ प्रयोग गरेको निर्देशक हेम प्रभास बताउँछन् । नयाँ प्रयोगमा सफल भएको र आगामी दिनमा अन्य गीतका भिडियोहरूको निर्माण पनि यसै गरी गर्ने योजना रहेको बताउँछन् । एकान्त मगरको सम्पादन तथा नेजि सुनामको प्रोड्युसन रहेको गीतको छायाड.कन वरिष्ठ फोटोग्राफर राजिब श्रेष्ठले गरेका छन् । परदेशीलाई दशैं तिहार रुवाउने बाटो

घरी घरी दुख्छ मन खुशी हुनको साटो !

एक्लो पन छ उदासीन छ हेर्छु जताजता

मेरो दशैं उतै छुट्यो म मात्र छ यता !

! यस्तै मार्मिक र सशक्त गीतहरू लेख्दै आएकी सुबिसुधाका अन्य दर्जनौं गीतहरू रेकर्ड भएका छन् भने एक दर्जन बढि कथा, गजल, कविता विविध विधाका पुस्तकहरू प्रकाशित छन् । नेपाली भाषा, साहित्य, कला, संगीत र संस्कृतिको संरक्षण गर्ने क्षमता लिएर केवलपुर, धादिड.मा जन्मिएकी गीतकार सुबिसुधा हाल संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्य स्थित फेडरिक्सवर्ग शहरमा स्थायी बसोबास गर्दै आएकी छिन् ।
दसैंको नयाँ गीत तलको लिंकमा हेर्नुहोस्