मेलबर्नमा बहुआयामिक उद्धेस्यका लागि देउसी भैलो

मेलबर्न नेप्लिज कम्युनिटी वेष्ट (एमएनसी वेस्ट) र रोयाल वेस्टर्न फुटबल क्लबले संयुक्त रुपमा मेलबर्नको पस्चिमी भेगमा देउसी भैलो खेलेका छन बहुआयामिक उद्धेस्य प्राप्तीका लागि । नेपाली भाषा, संस्कृति आफ्नो संस्कृतिको प्रबर्द्धन र जगेर्ना, अस्ट्रेलियाको ब्यवसायमा सहयोग गरी त्यस मार्फत नेपालको पर्यटन प्रबर्द्धन र अस्ट्रेलियामा बस्ने नेपाली समुदायलाई एकताबद्ध गरी नेपालीको जीवनस्तर उकास्ने जस्ता उद्धेस्य प्राप्तीको लागि संस्था कृयाशिल रहनेछ ।

देउसी भैलोबाट उठेको रकम उपर्युक्त उद्धेस्य प्राप्ती कार्यमा प्रयोग गरिनेछ । यस्ले नेपाली केटाकेटीहरुलाई नेपाली भाषा पढाउने र नेपाली गीतमा नाच्न सिकाउने र दुई बर्ष अघि भब्य रुपमा तीज कार्यक्रम आयोजना गर्ने काम समेत गरेको छ । बढ्दो नेपालीको संख्यालाई ध्यानमा राखेर आफ्ना यस किसिमका गतिबिधिहरुलाई नियमितता र निरन्तरता दिने प्रयासमा छन ।

देउसी भैलो कार्यक्रममा संस्थाका अध्यक्ष शंकर थापा, उपाध्यक्ष नारायण कटुवाल, सचिब रोशनी श्रेष्ठ, कोषाध्यक्ष मनोज पौड्याल लगायत कार्य समितिका अन्य पदाधिकारी र अन्य ब्यक्तिहरुको सहभागिता थियो ।