चर्चाको शिखर चुम्दै मोडेल सिरुता श्रेष्ठ (भिडियो सहित)

काठमाडौ । आफ्नो अध्ययन संगै रुचिको बिसय रहेको मोडलिङ्गलाइ अगि बढाउदै गरेकी मोडेल सिरुता श्रेष्ठको अहिले एक पछि अर्को भिडियोहरु सांगितीक बजारमा आइ रहेका छन् । उनको सुन्दरता संगै अभिनयले अहिले निकै चर्चा पाउन थालेको छ । अबको दिनमा अझ मेहेनेत गर्दै निरन्तर रुपमा मोडलिङ्ग क्षेत्रलाइ अंगाल्ने र व्यावसायिक रुपमा अघि बढ्नि उनले हामि संग बताइन । अबको दिनमा लोक, पप, रक, आधुनिक तथा मौलिकता बोकेको संस्कृति झल्किने गीत संगीतमा आफुले अभिनय गर्नी सोच रहेको पनि उनले बताइन । यस संगै उनले VJ पनि गर्दै आएकी छिन ।
मोडल सुरिता श्रेष्ठको विलकुलै नया प्रस्तुती ‘भन के गरु’ सार्वजानिक भएको छ । गायक नोरेन श्रेष्ठ संगै गायक महेश शाक्यले आवाज भरेको सोही गितमा मोडल सुरिता श्रेष्ठले निकै नै उत्कृष्ट अभिनय गरेकी छिन् भने उनलाई अभिनयमा साथ दिएका छन् मोडल सन्जय श्रेष्ठले । Noren & Nhyuwave ब्याण्डको प्रस्तुतीमा बजारमा आएको सोही गितमा अभिनय गर्न पाउदाँ आफु अत्यन्तै खुसी भएको र सर्ब दर्शक श्रोताको माया पाउने अपेक्षा गरेको मोडल सुरिता बताउँछिन् । साथै सबै दर्शक श्रोताको माया पाउदै गए फेरी पनि यस्तै राम्रो–राम्रो भिडियो बजारमा ल्याउने सोच रहेको पनि उनले बताइन् ।
(भिडियो हेर्नुहोस् )