एउटा जग्गा नाप्न १७ पटक अमिन ? छिमेकीसंग हात हालाहालको अवस्था (भिडियो)

एउटा जमिन नाप्न कति पल्ट अमिन जान पर्छ ? तपाई हामीले सोचे भन्दा बढी पल्ट अमिन गएको छ, कास्कीको पचभैयामा । हो, पचभैयाका पदम लामिछानेको जग्गा नाप्न निजी, सरकारी गरेर १७ पटक अमिन गयो । १७ पटकको अमिनले फरक फरक नाप देखायो । के हरेक अमिन्को नाप फरक हुन्छ ? बिगत लामो समयदेखी घरले सरकारी जमिन मिचेको आरोप खेपेका पदमको जग्गामा महानगरपालीकाबाटै तीन पटक अमिन गयो । अमिनले उनको घर सरकारी जग्गामा नपरेको तथा पार्किङ भने सरकारी जग्गामा परेको ठहर १७ औं पटकको अमिनले गर्यो । पदम स्वयंले पनि धेरैपटक जग्गा नाप्न निजी अमिन पनि ल्याए ।
घर सरकारी जग्गामै परेको भन्दै छिमेकीले भने बारम्बार भने पछि आफूले अमिन ल्याउने गरेको स्वयं पदम स्विकार्छन् । १७ औं पटक अमिन जाँदा पनि छिमेकी र जग्गा घनीबिच चर्काचर्कीनै भएको थियो । आफूले सरकारी जग्गा मिचेको पदम स्वीकार्छन् तर अरुले धेरै रोपनी सरकारी जग्गा मिचेको र उनीहरुको वडाले केही वास्ता नगरेको उनको गुनासो छ ।