बेलायतमा मिसेस नेपाल यूके प्रतियोगिता २०१८ आयोजना गरिने !

लन्डन । बेलायतमा मिसेस नेपाल यूके प्रतियोगिता २०१८ आयोजना गरिने भएको छ । लण्डनको दुई स्थानमा गरिएको अडिसनबाट बेलायतका विभिन्न स्थान र विभिन्न पेशामा आबद्ध ११ सहभागीहरु छानिएका छन् । साथै अन्य स्थानबाट सहभागी हुने व्रmम जारी छ ।

लण्डनमा गरिएको दोस्रो अडिसन प्लमस्टेडस्थित चौतारी रेष्टुरेण्टमा गरिएको थियो जसको संयोजन व्यवसायी जीवन सेनले गरेका थिए । उक्त अडिसनमा कार्यक्रम सफल बनाउन स्थानीय व्यवसायी एवं समाजसेवीहरुसंग अन्तरक्रिया समेत गरिएको थियो ।

सहभागी प्रतियोगीहरुलाई विभिन्न विधाका विज्ञहरुबाट व्यक्तित्व विकास, योगा तथा फिटनेस तालिम हेयर एण्ड ब्युटी टिप्स साथै बकिङह्याम प्यालेस भ्रमण गराइनेछ ।

गत बर्षकी विजेता मिसेस नेपाल यूके २०१७ आस्था जोशीले कार्यव्रmमलाई संयोजन गर्दै छिन् । साथै उनलाई सुस्मीता थापाले साथ दिनेछिन् ।
पहिलो मिसेस नेपाल यूके आस्था जोशीले म्युजिक भिडियो, विज्ञापनमा अभिनय गर्नुका साथै आफुलाई समाजमा स्थापित गर्न सफल भएकी छिन् । आफु भित्र भएको प्रतिभालाई प्रस्फुटन गर्न मिसेस नेपाल यूके प्रतियोगिता राम्रो प्लेटफर्म भएकोले ईच्छुक महिलाहरुलाई सहभागी हुन आह्वान गर्न चाहन्छु मिसेस नेपाल यूके आस्था जोशीले बताइन् ।

लन्डन फेशन हाउसले दोस्रो पटक आयोजना गर्न लागेको यस प्रतियोगीतामा मिसेस नेपाल यूके, फस्टर रनर अप, सेकेन्ड रनर अप, पब्लिक च्वाइस, फोटोजेनिक, क्याटवक, वेष्ट शेफ, ब्युटी फर चेन्ज आदि टाईटल राखिएको छ । विजेताहरुले ट्रफी, विभिन्न गिफ्ट हयाम्पर, म्युजिक भिडियो, विज्ञापन लगायत अन्य अवसर पाउने अयोजक संस्थाकी निर्देशक एवं मिसेस नेपाल युनिभर्स २०१८ विजेता मनिषा डंगोल श्रेष्ठले बताइन् । प्रतियोगितामा कोरियोग्राफी समेत श्रेष्ठकै रहने छ ।