निर्मला हत्या प्रकरणमा एसपी बिष्ट दोषी भेटिए जागिरबाटै हटाइन्छ (भिडियो सहित)

पेशागत मर्यादालाई पालना नगर्ने र गैरजिम्मेवार तरिकाले काम गर्ने कसैलाई पनि प्रहरी संगठनभित्र ठाँउ नभएको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताउनुभएको छ । शुक्रबार ‘महिला हिंसा न्यूनीकरण, मानवअधिकारको संरक्षण एवं सुरक्षा र नेपाल प्रहरीको जवाफदेहिता’ विषयक राष्ट्रिय अभियानमा बोल्दै प्रहरी महानिरीक्षक खनालले संगठन विरुद्ध र काम गर्ने जोसुकै प्रहरी कर्मचारीलाई कारबाही गरिने बताउनुभएको हो ।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक खनालले निर्मलाको बलात्कारपछि हत्याको घटनामा भएको अनुसन्धानमा तात्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट दोषी देखिएकाले निलम्बन गरिएको बताउनुभयो । निर्मला हत्या काण्डको बारेमा बोल्दै सर्वेन्द्र खनालले एसपी बिस्ट दोषी भेटिए जागिर बाटै हटाउने जिकिर गर्नुभयो । अझ बढी जानकारी तल भिडियोमा हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=BO12gD4bjFI]