निर्मला हत्याकाण्ड!आन्दोलन हुदाहुदै यसरी चल्यो गोलि हेर्नुहोस लाइभ

निर्मला पन्त हत्याको विरोधमा आज पनि प्रदर्शन भएकाे छ । बिहीबार बिहानैदेखि प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरूलार्इ नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाइ फायर गरेकाे छ । प्रहरीकाे गाेली लागि ४ जना घाइते भएका छन् ।


तीर्थ प्रसाद पनेरू, अर्जुन भण्डारा र सन्ताेष कठरियाकाे खट्टामा र तेज भट्ट टाउकाेमा गाेली लागेकाे छ । उनीहरूकाे महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेकाे छ ।

बुधवारसम्म सदरमुकाम महेन्द्रनगरमा सीमित रहेको आन्दोलन आज जिल्लाभरि फैलिएको छ । प्रहरीले हत्याका मुख्य अभियुक्तलाई बचाउन मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई सार्वजनिक गरेको भन्दै आन्दोलनकारी थप आक्रोशित भएका छन् ।

आज बिहानैबाट सदरमुकाम महेन्द्रनगरसहित बेदकोट नगरपालिकाको सुडा, लालपुर, दैजी तथा शुक्लाफाँटा नगरपालिकाको झलारीमा आन्दोलन भइरहेका छन् । आन्दोलनकारीले सडक र चोकचोकमा टायर बाल्दै नारावाजी गरेर प्रदर्शन गरिरहेका छन् ।

बुधबारको प्रदर्शन उग्र भएपछि प्रहरीले बल प्रयोग गरेकाे थियो । प्रहरीले अाज पनि अश्रुग्यास प्रहार गरेकाे हाम्रा सहकर्मीले जनाएका छन् । प्रदर्शनका कारण पूर्वपश्चिम जाेड्ने महेन्द्र राजमार्ग अबरूद्ध भएकाे छ ।