“गाइजात्रे कर दोहोरी”सार्वजनिक भएको २४ घण्टा नबित्दै यति धेरै चर्चा(हेर्नुहोस भिडियो)

काठमाडौं-नेपाली गीतसंगीतको क्षेत्रमा विभिन्न खाले गीतहरु बजारमा आउने क्रममा भर्खरै मात्रै धुन नेपाल र स्काइमुन मिडियाको सहकार्यमा अहिले देश ब्यापी रुपमा निकै चर्चामा रहेको बिषयलाई समेटेर नेपाल मै पहिलो पटक “गाइजात्रे कर दोहोरी” गीत आएको छ । पछिल्लो समयमा निकै उत्कृष्ट सिर्जना गर्ने गीतकार तथा मोडेल डि.आर. सुजन र लोक दोहोरि ब्याटल गीतबाट चर्चा कमाएकी गायिका प्रीति आले को सुमधुर स्वर रहेको यस”गाइजात्रे कर दोहोरी”मा पछिल्लो समयमा निकै चर्चामा रहेको बिषय करको यथार्थ कुरालाई व्यंगात्मक तरिकाले चित्रण गर्न खोजिएको छ । यस गीतको म्युजिक भिडियोको निर्देशन गायक स्वयम डिआर सुजनले नै गरेका छन् । यस म्युजिक भिडियोमा अभिनयमा पनि डिआर सुजन,प्रीति आले,सगर रेग्मी ,सन्तोष लामिछाने,बिमल छिनाल,तारा पाण्डे र अमृता लामिछानेले गरेका छन् । यसका साथै यो गीतको छायांकन पछिल्लो समयका चर्चित छायाकार बासु बरालले गरेका छन् भने सम्पादन सम्पूर्ण फिल्मसका सम्पादक प्रकाश एस.के. ले गरेका हुन् । नेपाली जनतालाइ पहिला कर तिर्न सक्ने बनाउ अनि मात्रै कर उठाउ भन्ने संदेश दिएको यो गीतको शब्द /संगीत पनि डिआर सुजनले नै गरेका हुन् भने यस गीत निकै राम्रो बनोस र सबै नेपालि दर्शक स्रोताकको मन मुटुमा बस्न सफल रहोस । हाम्रो तर्फबाट पनि डिआर सुजन र प्रीति आलेलाइ करोडौ करोड सुभकामना । हेर्नुहोस यो भिडियो :