स्टाफ नर्स पढ्ने केटीलाई प्रेमजालमा पारी डिपेन्डेन्टमा अष्ट्रेलिया जाने सपना देखे क्षितीजले (भिडियो सार्बजनिक)

काठमाडौं।

नेपाली माया र नेपाली मन हुदा हुदै पनि अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाएका चितवनका क्षितिज सापकोटाले अहिले आफ्नो सांगितीक यात्राको सागरमा हास्यप्रधान गीत ‘माखेसाँग्लो’ मार्फत अघी बढेका छन। स्टाफ नर्स पढ्ने केटीलाई प्रेमजालमा पारी उसकै डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जाने सपना देखेका क्षितीजले भिसा लाग्यो भने टन्न लोकल कुखुरा र वियरको पार्टी दिने भन्दै अस्ट्रेलिया गएपछि आईफोनहरु पठाईदिने भन्दै आफ्ना सबै साथीहरुलाई सहयोग गर्न आग्रह गरेको देखिन्छ तलको भिडियोमा।

गीतमा आफुले बल्लतल्ल पट्याएकी स्टाफ नर्स केटीलाई बिदेशबाट ग्रिनकार्डधारी केटा आएर बिहे गरेर लैजाने र आफ्नो दुःख खेर जाने गरेको दुःखेसो पोखेका छन। विदेशमा पैसाको रुख हुने र जति दुख भएपनि झटारोले हान्दै त्यो पैसाको रुखबाट पैसा टिपेर जिन्दगी सुखसंग बाच्ने कल्पना गरेका क्षितीजले स्टाफ नर्स लाई पट्याऊन र डिपेन्डेन्टमा अष्ट्रेलिया जान सक्लान त रु गीत यहि सेरोफेरोमा अल्झिएको छ। प्राय नेपाली युवाहरुको लागि आकर्षक गन्तव्य मानिने अष्ट्रेलिया पुग्न नेपाली युवाहरुले अपनाऊने एउटा उपायलाई गायक सापकोटाले गीतमा उतारेका छन्।

क्षितिज सापकोटाको शब्द संगित र स्वरमा सजिएको ‘माखेसाँग्लो’मा पुष्प खडका र निग्मा श्रेष्ठले अभिनय गरेका छन् यो गीतको भिडियोलाई रविन्द्र बरालले निर्देशन गरेका हुन । मिलन थापाको छायाँकन र प्रदीप दाहालको सम्पादन रहेको यो भिडियो तल हेर्न सक्नु हुनेछ ।