खुसीको खबर ! रवि लामिछानेले ल्याए २०० जनालाई यस्तो अवसर (भिडियो सहित)

नेपालमा बेरोजगार रहेका युवाहरुलाई लक्षित गरी ‘आफ्नो गाडी आफैं सवारी’ नाम अभियान सुरु भएको छ । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदीले यस्तो व्यवसायीक अभियान सुरु गरेको हो । रोजगार अवसर खोजिरहेका युवालाई लक्षित गर्दै आफनो गाडी आफैं सवारी नामक व्यावसायिक अभियान भएको सिप्रदीले जानकारी दिएको छ ।

सिप्रदीले ड्राइभिङ र मेकानिकल तालिम, सुलभ फाइनान्स, १ वर्षको बीमाको सुबिधा दिने सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले जानकारी दिएका छन् । सुरुमा १२ लाख रुपैयाँ बुझाएपछि सुमो दिने उनले जानकरी दिएका छन् । अभियानमा सहभागी हुनेलाई सस्तो दरमा पुँजीको पनि ब्यवस्था गरिदिनेछ भने यसले स्वदेशमा नै रोजगारीको सृजना गर्न सिप्रदीले विश्वास लिएको छ ।
[youtube https://www.youtube.com/watch?v=EcRfyr8K_zU]