यस्तो अबस्थामा खिचिएको थियो ‘मेरी मामु’को पहिलो गीत ‘आमा’

७ बर्षिय कलाकार आयुब सेनको मुख्य भुमिका रहेको चलचित्र ‘मेरी मामु’को पहिलो गीत ‘आमा’ केहिदिन अघि मात्र सार्वजनिक भयो । गीतलाई धेरैले रुचाएका छन् भने गीतको भिडियोमा गरिएको बच्चाको अभिनयले धेरैको मन छोएको छ । अञ्जु पन्त, रोहित जोन क्षेत्री र प्रताप दासको स्वर रहेको गीतमा रबि मल्ल र पुरुषोत्तम बस्नेतको शब्दरचना छ भने कल्याण सिंहको संगीत छ ।

गीतको चर्चापछि निर्माण टीमले अब भिडियोको मेकिङ पनि सार्वजनिक गरेको छ । सार्वजनिक मेकिङ भिडियोमा चलचित्रको ‘आमा’ गीत छायांकन गर्दाको दृश्यहरुलाई समावेश गरिएको छ । हेरौँ भिडियोः