युवासंघ उपाध्यक्ष वास्तोला नेतृत्वको टोलीले बिपन्न दलित परिवारलाई घर बनाएर हस्तान्तरण गर्दै

लाइट नेपाल – युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष माधव वास्ताेलाकाे नेतृत्वमा रहेको टोलीले गरीवीको कारण घरवार बिहिन रहेका पर्शुराम नेपालीलाई घर निर्माण गरी हस्तान्तरण गर्ने तयारी लगभग अन्तिम चरणमा पुर्याएको छ ।

साविकको पुरुन्चाैर गाबिस हाल पाेखरा महानगरपालिका वडा नं १९ मा युवासंघको टोलीले अहिले करिव तीन लाखको लागतमा चार कोठे कच्ची घरको निर्माण युद्ध स्तरमा अगाडी बढाईरहेको छ ।

गरीवीको कारण घर बनाउन नसकेर भाईको घरमा बस्दै आएका नेपालीलाई युवासंघका उपाध्यक्ष बास्तोलाको संयोजकत्वमा सहयाेग समिति नै बनाएर केन्द्रीय सदस्य महेन्द्र गुरुङ, कास्की युवा संघका नेताहरु जनार्दन सुवेदी, गिता भण्डारी,लक्षुमण राेकाहा, रमेश कार्की, राजकुमार वि क घर निर्माणमा जुटिरहेका छन् ।

चार जनाको परिवार रहेको परशुरामलाई घर नहुदको पिडा सुनाउदै भने भाईको घरमा बस्दा असहज भएको बाहिर टहरामा बस्न बढेका छोराछोरीका कारण अप्ठेरो महसुस भैरहेको बेला गरिवीको घाउमा मल्हम बनेर बास्तोलाको टोली घर नै बनाईदिन आएको भन्दै आखाँ भरी आशु पार्दै उनले सो टोलीलाई  बधाई समेत दिए ।

जग्गाको नाममा जम्मा पाँच आना  थियो आफै घर बनाउने अवस्था थिएन घर नहुदा भाइसँग पटकपटक झगडा पर्थ्यो घरबाट निस्केर जान समेत आफ्नै भाईले धेरैपटक भनिसकेको थियो तर आर्थिक अभावले धेरै पिडा सहेर बाच्न विवश थिए अब आफ्नै घर हुने भयो खुसीको सिमा छैन उनले भने सडकको बास हुन् लागेको अवस्थामा युवासंघले घर नै बनाईदिएर ठुलो गुन लगाएको उनले बताए ।

घर निर्माणको काम युद्ध स्तरमा भैरहेकोले निर्माण सपन्न भएपछी घरमा रङ्ग रोवन गरेर हस्तान्तरण गर्ने योजना युवासंघले बनाएको छ ।