प्रदेश नाममा लफडा ः प्रदेश नं. ४ को नाम गण्डकी राख्न भन्दै संसद भवन अगाडी नाराबाजी (भिडियो)

संयुक्त संघर्ष समितिले प्रदेश नंं ४ को नाम गण्डकी राख्न प्रदेश सभा भवन नदीपुरको गेट अगाडी नाराबाजी गरेको छ । प्रदेश नं. ४ को नाम राख्ने दिन नजिकिदै आउँदा प्रदेशको राजधानी पोखरा र नाम गण्डकी राख्न दवाव स्वरुप यो कार्यक्रम गरिएको प्रेश बिज्ञप्ती मार्फत जनाईएको छ । पछिल्लो समय जाती र समुदायहरुको पनि दवाव सांसद र मुख्यमन्त्रीलार्इं परिरहेको बेला जातीय नामाकरणले दिर्धकादिन समस्या पर्ने भएकाले गण्डकी नै सर्वमान्य नाम हुने संघर्ष समितीको ठहर रहेको बिज्ञप्तीमा भनिएको छ । यदी यो नामको सुनुवाई भएन भने आउँदा दिनमा प्रदेश सभा धेराउ, प्रदेश बन्द लगायतका कडा भन्दा कडा आन्दोलन गर्ने समेत बताएको छ । आफूहरुको मागप्रति गम्भीर नभए त्यसबाट आउने पणिनामको जिम्मेवारी स्वयं प्रदेश सभा एवम् प्रदेश सरकार हुने पनि बिज्ञप्तीमार्फत चेतावनी दिएको छ । बिज्ञप्तीमा क्षेत्री समाज नेपाल, विश्व हिन्दु महासंघ, बाह्मण समाज नेपाल, ठकुरी संगम परिवार, नेपाल दशनामी समाज, रानाभाट मिाज, विश्वकर्मा समाज नेपाल, परियार समाज र राणा तथा कुँवर कुलायन संरक्षण समितिका पदाधिकारीहरुको हस्ताक्षर रहेको छ ।