Thursday, Mar 04 2021
  • Contact Us
  • Privacy Policy
  • About US
Complete Nepali News Portal
बिहिबार, २० फाल्गुण २०७७
Skip to content
  •  Home
  • मुख्य खबर
  • प्रवास
  • मनोरंजन
  • विशेष
  • विचारदृष्टिकोण
  • स्वास्थ्य
  • आजको विनिमय दर
  • राशीफल
  • Videos
  • Contact Us

२०७५ सालको बार्षिक रासिफल

ScotNepal March 26, 2018
0 Shares
Share
Tweet
WhatsApp
Vibe

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समग्रमा मेष राशि भएका व्याक्तिहरुका लागि २०७५ साल फलदायि रहनेछ । आश्विन १८ गतेसम्म तुला राशि (सप्तम भाव)मा गोचर गर्ने बृहस्पतिको अनुकुल प्रभावले व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ । बिशेष गरि पर्यटन,यात्रा,स्कुल,कलेज,बैक तथा बित्तिय जस्ता क्षेत्रमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ । समाजमा राम्रा तथा परिणाममुखि काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोजगारको खोजिमा हुनेहरुले नोकरिमा प्रवेश पाईनेछ । नोकरिमा पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । व्यापार बिश्तार तथा अध्ययनको शिलशिलामा देश बिदेशको यात्रा हुनेछ । भाग्यले प्रेमपात्र जुराउनेछ भने लामो समय देखि माया प्रेम गर्ने जोडिहरुले आफ्नो प्रेम सम्बन्ध बिवाहमा परिणत हुनेछ । आश्विन १९ गते (कष्ट)भावमा प्रवेश गर्ने बृहस्पतिले र वर्ष भरिनै भाग्य भावमा गेचर गर्ने शनिले धार्मिक यात्रा तथा शैक्षिक यात्रा हुने भए पनि आफन्त तथा घर परिवारमा नराम्रा घट्नाको सामना गर्नु पर्नेछ । नोकरि छुट्ने तथा राज्य पक्षबाट अनाबस्यक लाल्छाना तथा आरोप लाग्ने हुदा सजक रहनुहोला । व्यापारमा मन्दि आउने तथा महंगा बिलाशी बस्तुहरु हराउने प्रवल सम्भावना रहेकोछ । भौतिक सम्पति प्रयोग गर्दा वा सवारि साधन चलाउदा ख्याल गर्नुहोला शरिरमा चोटपटक लाग्नेछ । फाल्गुन १९ गतेबाट भाग्यभावमा प्रबेश गर्ने बृहस्पतिले लामो दुरिको अध्ययन तथा धार्मिक यात्रा हुनेछ ।

फाल्गुन ९ गतेसम्म कर्म भावमा रहने केतु र शुख भावमा रहने राहुले व्यावसाय तथा नोकरिमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ भने व्यापार व्यावसाय फस्टाएर जानेछ । फाल्गुन ९ गते पछि पराक्रम भावमा प्रबेश गर्ने राहु र भाग्य भावमा गोचर गर्ने केतुले खेलकुद तथा पराक्रमि क्रियाकलापहरुमा सहभागि भई नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले कुटनितिक क्षेत्रमा प्रगति गर्ने तथा लामो दुरिको अफिशियल यात्रा हुनेछ ।

राशि स्वामि मंगल बैसाख २६ गते सम्म धनु भाग्यभावमा शनि सँग गोचर गर्ने हुनाले आट तथा पराक्रम बढेर जानेछ भने कन्फिडेन्ट पावर तथा लिडरसिप क्षमतामा बृद्धि हुनेछ । शनि र मंगलको यूक्तिले सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिर्य घट्ना नहोला भन्न सकिन्न । बैसाख २७ गतेबाट कार्तिक २२ गते सम्म राज्यभावमा गोचर गर्ने उच्च मंगलले रुचक योगको निर्माण गर्ने हुनाले समाजमा प्रतिष्ठित काम गरि नाम कमाउन सकिनेछ । नोकरिमा प्रबेश पाई राज्यको उच्च पदमा आसिन रहेर जनताको काम गर्ने अवसर प्राप्त हुनेछ । कार्तिक २३ गतेबाट पौष १० गते सम्म लाभ भावमा गोचर गर्ने मंगलले आरोग्ग तथा धन धान्य प्राप्त हुनेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोतको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । घर जग्गा तथा भौतिक सम्पति जोड्न सकिनेछ । पौष ११ गतेबाट माघ २४ गतेसम्म बिदेश भावमा गोचर गर्ने मंगलले लामो दुरिको बिदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने बिदेशी लगानि बाट सञ्चालित सस्थाहरुमा नियूक्ती हुनेछ । खर्च बढेता पनि उपलब्धिमुलमक कामहरु हुनेछन् । माघ २५ गतेबाट चैत्र १० गतेसम्म लग्नमा स्वगृह भएर पुनह रुचम योग बनाउने मंगलले बिशेष गरेर सुरक्षा क्षेत्रसँग सम्बन्धित जागिरमा नियुक्ती तथा बढुवा हुने योग रहेकोछ । चैत्र १० गते पछि कुटुम्ब भावमा जाने मंगलले बोलिमा कठोरता ल्याउने तथा आफन्त सँगको सम्बन्धमा चिसोपनाको बिकास हुनेछ ।
आर्थिक दृष्टिले असार,असोज,माघ तथा फाल्गुन महिना मेष रासि हुँनेहरुका लागि शुभ रहनेछ ।

मेष राशि भएका व्याक्तिहरुले प्रत्यक मंगलाबार गणेष भगवानको पुजा तथा आराधना गरि गणेष भगवानलाई खुसि बनाउन सके कामहरु समयमा सम्पन्न हुनेछ । शनिको लागि बिश्नुको पुजा तथा पीपलमा जल चडाउनाले र बृहस्पतिको लागि बंगलामुखिको दर्शन गर्ने र राहु केतुको लागि बटुक भैरभको पुजा तथा दर्शन गर्ने र आफ्नो ईष्टदेवको पुजा गर्नाले लाभ मिल्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
बृष रासि भएका व्यक्तिहरुका लागि संघर्षमय पुर्वाद्धको समय पार गर्दै उत्तराद्धको समय फलदायि रहनेछ । कष्ट भावमा गोचर गर्ने वा वर्ष भरिनै शनिको अढैयाको प्रभावले घर परिवारमा बिषेश गरि पति पत्निबिच दुरि बढ्नेछ भने घरायसि कुरामा आफन्तविच शैद्धान्तिक विषयमा राय बाजिनेछ । समाजसेवा तथा राजनिति गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त गर्नेछन् । व्यापार व्यावसायमा लगानि गरे अनुसार प्रतिफल पाउँन मुस्किल रहेकोछ । सरकारि ओहोदामा बसेर सेवा प्रवाह गर्ने व्याक्तिहरुबाट अनाबस्यक झन्झट व्यहोर्नु पर्नेछ । जन्म कुण्डलिमा शनि कमजोर हुँने हरुले नसा सम्बन्धि समस्या तथा प्यारालाईसिस तथा ग्यास्ट्रिकको समस्या झेल्नु पर्नेछ ।

फाल्गुन ९ गते सम्म पराक्रम भावमा गोचर गर्ने राहु र भाग्य भावमा गोचर गर्ने केतुले केहि शुभ संकेतहरु प्रदान गर्नेछ । छिमेकिसँगकोे सम्बन्धमा सुधार ल्याउँनुको साथै दाजदुभाईको सहयोगमा छोटो तथा लामो दुरिको यात्रा हुनेछ । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुने न्यायिक निणर्यहरु तपाईकै पक्षमा हुनेछन् । भाग्य भावमा गोचर गर्ने केतुले बसाई सराई तथा लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । फाल्गुन ९ गते पछि कुटुम्ब भावमा गोचर गर्ने राहु तथा अष्टम भावमा गोचर गर्ने केतुले अचानक धन सम्पति हात लागि हुने भएपनि लामो समय सम्म चल्ने रोगको बृद्धि नगराउला भन्न सकिन्न ।

आष्विन १९ गते सम्म छैटौ वा सत्रु घरमा गोचर गर्ने बृहस्पतिको प्रतिकुल प्रभावले सामान्यत व्यावसायमा लगानि गरिहाल्ने समय रेहेकोछैन । हरेक क्षेत्रमा प्रतिस्पर्धिहरु हावि हुँन सक्छन् भने ऋण लाग्ने तथा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आयपनि पनि आष्विन २० गतेबाट बृहस्पतिले रासि परिवर्तन गरि सप्तम भावमा जाने हुँनाले व्यापार व्यावसायमा थप लगानि गर्ने वाताबरण बन्नेछ भने व्यावसायमा सहभागि हुँनेहरुले प्रशस्त नाँफा कमाउँन सक्नेछन् । आफुलाई मन परेको मानिससँग वा पति पत्निका साथ रमाईलो यात्राको तय गर्न सकिनेछ भने माया प्रेम गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई बिबाहमा परिणत गर्न सक्नेछन् । खोज तथा अनुशन्धानको क्षेत्र तथा पढाई लेखाईबाट भनेजस्तो नतिजा निकाल्न सकिनेछ । रमाईलो पारिवारिक यात्राको अधिक सम्भावना रहेकोछ भने व्यापार बिस्तारको लागि अथवा धार्मिक तथा शिक्षाको लागि देश बिदेशको यात्रा गर्न सकिनेछ ।
राशि स्वामी शुक्र बैसाख ६ गतेबाट बैसाख मसान्त सम्म लग्नमा गोचर गर्ने स्वगृह शुक्रले मालव्य योगको पनि निर्माण गर्ने हुनाले सवारि साधन तथा बिलाशी सामानको प्रयोग गर्न पाईने तथा मन परेको मानिस वा जीवन साथिको सुख प्राप्त हुनेछ । भाद्र १९ गतेबाट कार्तिक ५ गतेसम्म र मंसिर १३ गतेबाट पौष १८ गतेसम्म प्रतिष्पर्धा भावमा स्वगृह भई गोचर गर्ने शुक्रले न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् भने प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।

आर्थिक दृष्टिकोणले साउँन कार्तिक फाल्गुन तथा चैत्र महिना उत्कृष्ट रहेकोछ । प्रत्येक शुक्रबार ईन्द्रयणि देविको दर्शन,पुजा आराधाना गर्नाले र शनिको अढैया तथा नकारात्मक प्रभावबाट बच्नको लागि बिश्नु भगवानको पुजा तथा आराधना गर्ने,पीपलमा हरेक शनिबार जल चडाउँने गर्दा लाभ मिल्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
मिथुन रासि हुँनेहरुका लागि पुर्वाद्धको समय परिणाम मुखि काम गर्दै मध्यकाल संघर्ष मय हुदै उत्तराद्धको समय शुभ रहनेछ । आष्विन १९ गतेसम्म पञ्चम(बिद्या,बुद्धि,सन्तान)भावमा गोचर बृहस्पतिले घर जग्गा,हाउजिङ तथा सवारि साधनको कारोबार तथा खरिद बिक्रिबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । शेयर बजार तथा सट्टाको व्यावसायबाट सन्तोष जनक आम्दानि गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले राज्यबाट पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नती हुँनेछ । बंश बृद्धिको गतिलो योग रहेकोछ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा निरन्तर लागि पर्ने बिद्यार्थी वा रिसर्च पर्सनका लागि समय फलदायि रहेकोले उत्कृष्ट नतिजाका साथ समाजमा ईज्जत प्रतिष्ठा बढेर जानेछ । फाल्गुन १९ गते पछि सम्तम भावमा प्रबेस गर्ने बृहस्पतिले घर परिवारमा शुभ तथा मांगलिक कार्यहरु हुनेछन् । प्रेम सम्बन्धलाई निकास दिन सकिनेछ ।

आष्विन १९ गतेदेखि फाल्गुन १९ गतेसम्म ऋण,रोग तथा सत्रु घरमा प्रबेश गर्ने बृहस्पतिले र वर्ष भरिनै सप्तम भावमा गोचर गर्ने शनिले कुनै पनि मुद्दा मामिला तथा बिवादमा सहभागि भए हारिने सम्भावना रहेकोछ भने न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउन सक्छ । साझदारि व्यावसायमा साझेदारहरु बिचनै शैद्धान्तिक राय बाजिनेछ भने भौतिक सम्पतिको छिनोफानो गर्न अदालतको सहारा लिनु पर्नेछ । जण्डिज,सुगर,मोटोपन,पथ्थरि तथा मृर्गौला जस्ता रोगबाट पिडित हुनेहरुले आफ्नो स्वास्थ्यको बिशेष ख्याल गर्नुहोला । प्रेम सम्बन्धमा चिसोपनको बिकास हुनेछ भने जीवन साथि सँग मनमुटाब सिर्जना हुनेछ । लामो दुरिको कष्टकर यात्रा हुन सक्छ ध्यान दिनुहोला ।

फाल्गनु ९ गते सम्म धन भावमा गोचर गर्ने राहु र अष्टम भावमा गोचर गर्ने केतुले खर्चको तुलमाना आम्दानि कमजोर रहने हुनाले व्यापार व्यावासायमा थप लगानि गर्ने बाताबरण टरेर जानेछ । आफन्त तथा कुटुम्ब सँग भौतिक सम्पतिको बाडफाडमा बिवाद हुनेछ । पुरातन सस्कृतिलाई लत्याएर अग्रगामी छलाङ मार्न खोज्दा सहयोग तथा समर्थनको अभावमा चाहको गन्तब्य पत्ता लगाउन मुस्किल पर्नेछ । भातिक सम्पति तथा स्रोत साधनको प्रयोग गर्न नजान्दा दुर्घटना नहोला भन्न सकिन्न । फाग्गुन ९ गते पछि लग्न भावमा गोचर गर्ने राहु र सप्तम भावमा गोचर गर्ने केतुले मानशिक अस्थिरता बढाउदछ भने सवारि साधन हराउने तथा चोरि हुने सम्भावना रहेकोछ ।
रासि स्वामि बुध बर्षको सुरुबाट बैसाख २५ गते सम्म निचो भएर कर्मभावमा गोचर गर्ने हुनाले बाणिमा कठोरता आउने तथा आमाको स्वास्थमा समस्या देखा पर्नेछ । जेष्ठ २६ गतेबाट असार ११ गतेसम्म लग्नमा स्वगृह भएर भद्र योगको निर्माण र असोज ३ गतेबाट असोज १९ गतेसम्म चौथो भावमा प्रबेस गरि पुनह भद्र योग र बुधआदित्य योगको निर्माण गर्ने हुनाले घर जग्गा तथा सवारि साधन जोड्न सकिनेछ भने राजनिति तथा सामाजिक कामबाट पद तथा प्रतिष्ठा पाईने योग रहेकोछ । कन्फिडेन्ट पावरमा बृद्धि हुनेछ भने बोलेरै धेरै कामहरु गर्न सकिनेछ ।

प्रतिकुल समयमा शनिको मन्त्रजप तथा भटुक भैरव तथा माता बंगालामुखिको भक्तिभावका साथ पुजा तथा आराथना गर्नाले लाभ मिल्नछ । आर्थिक दृष्टिकोणले बैसाख,भाद्र,मंसिर र चैत्र महिना उत्कृष्ट रहनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
कर्कट रासि हुँनेहरुका लागि यो वर्ष बिभिन्न अवसरहरुको सदुपयोग गरि जीवनमा उल्लेख्य सुधार गर्दै अगाडि बढ्न सकिने समय रहेकोछ । आष्विन १९ गते सम्म शुख भावमा गोचर गर्ने बृहस्पतिले आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । कृषि तथा चौपाया व्यावसायमा लगानि बढाई प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । घरजग्गाको खरिद बिक्रिबाट मनग्गे आम्दानि गर्न सकिनेछ भने स्थाई सम्पति जोड्ने समय रहेकोछ । आष्विन १९ गतेदेखि फाल्गुन १९ गते सम्म बिद्या भावमा गोचर गर्ने बृहस्पतिले बिद्यार्थिहरुले पढाई लेखाईमा उत्कृष्ट नतिजा हात पार्न सक्नेछन् । शेयर बजार,अध्ययन अध्यापन,बैक तथा बित्तिय क्षेत्रमा समय खर्चिने हरुले राम्रो प्रगति गर्न सक्नेछन् भने नोकरिमा बढुवा हुँने योग रहेकोछ । माया प्रेमका कोपिलाहरु फक्रिनेछन् भने सुयोग्य बर बधुको लगन गाठो बाधिनेछ । फाल्गुन १९ गते पछि सत्रु भावमा प्रबेस गर्ने बृहस्पतिले ऋण,रोग तथा सत्रुको बृद्धि गर्नेछ भने स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

वर्षभरिनै छैटौ भावभा गोचर गर्ने शनिले बादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुँनेछन् भने न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा हुँनेछन् । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रहि काम गर्नेहरुले आफ्नो कामदेखि सन्तुन्टि हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् । ठेक्का पट्टा तथा कन्ट्रक्सनको क्षेत्रमा समय दिनेहरुका लागि यो वर्ष फलदायि रहनेछ । सामाजिक मर्यादा तथा निति निययको पालन गरि काम गर्ने अवसर प्राप्त हुनेछ भने राज्यबाट पद प्राप्तीको गतिलो योग रहेकोछ । मावलि तथा मामा पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ ।

फाल्गनु ०९ गते सम्म लग्नमा गोचर गर्ने राहु र पत्नि स्थानमा गोचर गर्ने केतुले तपाई आफ्नै कारणले कामहरु बिग्रनेछन् । आफन्तहरु टाडिने तथा साझेदारि व्यावसायमा केहि उतारचढाब आउनेछ । फाल्गुन ०९ गते पछि बिदेश भावमा जाने राहु र छैटौ भावमा प्रबेस गर्ने केतुले अध्ययन तथा कामको शिलशिलामा लामो दुरिको यात्रा हुनेछ भने बिदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

आर्थिक तथा स्वास्थ्यका दृष्टिकोणले बैसाख,जेष्ठ,असोज, मंसिर महिना राम्रो रहेकोछ । बंगलामुखि देबिको पुजा तथा आराधना तथा शनिबार बिश्नुको पूजा तथा पिपलमा जल चडाउँला लाभ मिल्नेछ भने राहु तथा केतुको नकारात्मक प्रभावबाट बच्नको लागि बटुक भैरबको पुजा तथा आराधाना गर्दा लाभ मिल्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सिंह रासि भएका हरुका लागि समग्रमा समय राम्रो रहेकोछ । आष्विन १९ गतेसम्म पराक्रम भावमा रहने बृहस्पतिले यात्राको क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । दाजुभाई तथा छिमेकि सँगको सम्बन्ध बिग्रनेछ भने कुटुम्बजनसँग झै झगडाको योग बन्नेछ । बिचौलियाहरुको प्रभावमा परि तपाईबाट नराम्रा निर्णयहरु हुन सक्छन् ध्यान दिनुहोला । सरकारि पद धारण गरि सेवा प्रबाह गर्नेहरुबाट अनाबस्यक झन्झट बेहोर्नु पर्नेछ । आष्विन १९ गतेपछि फाल्गनु १९ गतेसम्म सुख भावमा गोचर गर्ने बृहस्पतिले घर जग्गा तथा भौतिक सम्पति जोड्न सकिनेछ । पैत्रिक सम्पति आफ्नो नाममा आउने योग रहेकोछ । नाफामुखि व्यावसाय भन्दा सेवामुखि व्यावसाय फस्टाएर जानेछ भने प्र्रयत्न गर्दा राजनिति तथा समाजसेवामा जनताको मन जित्न सकिनेछ । प्रेम सम्बन्धहरुलाई बिवाह मार्फत घर गृहस्थीमा सुचारु गर्न सकिनेछ । फाल्गुन २० गतेबाट पञ्चम भावमा प्रबेश गर्ने बृहस्पतिले शेयर बजार तथा बैकिङ क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । बंश बृद्धिको गतिलो योग रहेकोछ भने घर परिवारमा मांगलिक कामहरु हुनेछन् । बौद्धिक क्षेत्रमा सामेला भई आफ्नो तार्किक भनाई प्रश्तुत गर्ने अवसर जुर्नेछ ।

फाल्गनु ९ गतेसम्म खर्च भावमा गोचर गर्ने राहु र छैटौ भावमा गोचर गर्ने केतुले औषधि उपचार खर्च बढाउँने तथा सुखमा कमि गर्ने तथा पशु चौपायबाट हानि हुँनेछ । घर छोडि देश बिदेशको यात्रा हुँनेछ भने राज्यबाट अपमान,दण्ड तथा जरिवाना सहनु पर्नेछ । प्रतिश्पर्धिहरु तथा सत्रुहरु हाबि हुँनेछन् । काममा वा व्यावसायमा बिध्नबाधाहरु गर्नेहरुले सताउँन सक्छन् । आँखामा कष्टको अधिक सम्भावना रहेकोछ । फाल्गनु ९ गतेपछि आयभावमा प्रबेस गर्ने राहु र पञ्चम भावमा प्रबेश गर्ने केतुले प्राकृतिक स्रोत तथा पैत्रिक सम्पतिको परिचालन मार्फत मनग्गे लाभ लिन सकिनेछ । कुटनिति तथा राजनिति क्षेत्रमा समय लगानि गर्नेहरुका लागि समयले साथ दिने हुदा नाम तथा दाम दुवै कमाउने ग्रहयोग रहेकोछ ।

वर्ष भरिनै (बिद्या, बुद्धि, सन्तान) भावमा गोचर गर्ने शनिले मानशिक अश्थिरता बढ्नेछ भने योजनाहरु कार्यान्वयनको चरणमा लैजान मुस्किल पर्नेछ । सन्तान तथा आफन्त सँग मतभेद रहनेछ । स्वास्थ्यमा नसा तथा ग्याट्रिक सम्बन्धि समस्याले सताउनेछ । अध्ययनमा मन जाने भएपनि शनिको प्रभावले भनेजस्तो नतिजा आउनेछैन । राशि स्वामी सूर्य पौस महिना भरि शनि सँग पञ्चम भावमा गोचर गर्ने हुनाले बुवाको स्वास्थमा समस्या आउनेछ ।

बृहस्पतिको नकरात्मक प्रभावबाट बच्न देबि तथा बंगलामुखिको पूजा तथा आराधना गर्ने शनिदेवलाई खुसि पार्नको लागि बिष्नुको पूजा तथा आराधना, पीपलमा जल चडाउँने, राहु तथा केतुको लागि भैरबको दर्शन तथा आराधना गर्नुपर्दछ । आर्थिक दृष्टिकोणले जेष्ठ,असार,भाद्र,कार्तिक र माघ महिना राम्रो रहेकोछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
कन्या रासि हुँनेहरुका लागि समग्रमा यो वर्ष राम्रो रहेकोछ । आष्विन १९ गतेसम्म धनस्थानमा र आष्विन १९ गतेपछि पराक्रम भावमा जाने बृहस्पतिले समाजसेवा तथा राजनिति गर्नेहरुले जनताको गतिलो समर्थन पाउँनेछन् भने राज्यबाट पद पाउँने अधिक सम्भावना रहेकोछ । काउन्सेलिङ,मोटिभेसन,गाएन तथा संगितको क्षेत्रबाट नाम तथा दाम दुवै कमाउन सकिनेछ । सांगितक कार्यक्रमकै शिलशिलामा देश बिदेशको यात्रा हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नतीको गतिलो सम्भावना रहेकोछ । व्यापार व्यावसायमा समय खर्चिने हरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् । बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । कुनै पनि काम गर्न जोस जागर आउँने तथा ईच्छाशक्तिमा बृद्धि भएर जानेछ । माया प्रेममा फक्रन लागेका कोपिलाहरुलाई बिबाहमा परिणत गरि घरजम गर्न सकिनेछ । घर परिवारमा आफन्त तथा कुटुम्ब सबैको सहयोग तथा समर्थन पाईने हुँनाले मन प्रशन्न रहनेछ ।

फाल्गुन ९ गतेसम्म लाभस्थानमा गोचर गर्ने राहुले र पञ्चम भावमा गोचर गर्ने केतुले अकस्मात धन तथा भौतिक सम्पति लाभ हुँनेछ भने ईष्टमित्रहरुबाट सहयोग प्राप्त हुँनेछ । प्राकृतिक स्रोत साधनको भरपुर प्रयोग गरि प्रशस्त आम्दानि गर्न सकिने तथा सरकारि धन तथा सम्पति प्राप्त हुँनेछ । दाजुभाई तथा छिमेकिबाट तपाईको थाल्नु भएको काम र चाल्नु भएको कदममा साथ रहनेछ । बिवादित बिषयलाई टुङग्याउँदै अगाडि बढ्न सकिनेछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । फाल्गुन १९ पछि कर्म स्थानमा प्रबेश गर्ने राहुले र शुख भावमा जाने केतुले मान सम्मानमा अकस्मात बृद्धि हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतिर रुचि बढ्नेछ भने भुमि लाभ हुनेछ ।

फाल्गुन १९ पछि सुख भावमा प्रबेश गर्ने बृहस्पति र वर्ष भरिनै सुख भावमा गोचन गर्ने शनिको अढैयाको प्रभावका कारण सत्रु बढ्ने तथा रोग लाग्ने समय रहेकोछ । यात्राका सवालमा केहि कष्ट बेहोर्नु पर्नेछ भने स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । आम्दानिमा कमि हुँने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । घर जग्गा तथा पैत्रिक सम्पतिमा बिवाद हुने योग रहेकोछ । राज्यबाट सेवा प्रभाह गर्नेहरुले अनाबस्यक दुख दिनेछन् तर जन्म कुण्डलिमा शनि उच्च,स्वागृह तथा ३,६ ११ भावमा भए शनिको अढैयाबाट राम्रो फल प्राप्त हुँनेछ ।

राशि स्वामि बुध जेष्ठ २६ गतेबाट असार ११ गतेसम्म कर्मस्थानमा स्वगृह भएर भद्र योगको निर्माण र असोज ३ गतेबाट असोज १९ गतेसम्म लग्न भावमा प्रबेस गरि पुनह भद्र योग र बुधआदित्य योगको निर्माण गर्ने हुनाले घर जग्गा तथा सवारि साधन जोड्न सकिनेछ भने राजनिति तथा सामाजिक कामबाट पद तथा प्रतिष्ठा पाईने योग रहेकोछ । कन्फिडेन्ट पावमा बृद्धि हुनेछ भने बोलेरै धेरै कामहरु गर्न सकिनेछ । जन्मकुण्डलीमा शनि र राहु कमजोर हुनेहरूले काली र वटुकभैरवको पूजा गरी विधिपूर्वक शान्ति गर्दा दिनहरु फलदायि रहनेछन् । आर्थिक दृष्टिकोणले असार,साउँन,मंशिर तथा फाल्गुन राम्रो रहनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,त)
यो वर्ष तुला राश हुने हरुका लागि उत्साहजनक बर्ष रहनेछ । वर्ष भरिनै पराक्रम भावमा गोचर गर्ने शनिले व्यापार व्यावसायमा शुक्ष्म व्यावस्थापन तथा समयको सदुपयोग गर्दै लगानि गर्ने बाताबरण बन्नेछ भने आम्दानिमा बढोत्तरिको योग रहेकोछ । न्यालय फाईनान्स,चार्टर एकाउन्टेन,मेडिकल र वकालत पेशा व्यावसायमा समय लगानि गर्नेहरुका लागि समय फलदायि रहनेछ । छिमेकि तथा दाजुभाईबाट सहयोग तथा समर्थन पाईने हुनाले मन प्रशन्न रहनेछ । खेलकुद तथा पराक्रमि क्रियाकलापमा भाग लिई आफ्नो प्रस्तुति देखाउन देश बिदेशको यात्रा गर्न सकिनेछ ।

फाल्गुन ९ गतेसम्म राज्यभावमा गोचर गर्ने राहु र शुख भावमा गोचर गर्ने केतुले राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । सांगठनिक बिस्तार तथा प्रशिक्षण कार्यक्रमकै सवालमा देश बिदेशको यात्रा हुनेछ । कुटनितिको कारक राहु स्वयम् राज्यभावमा गोचर गर्ने हुनाले राजदुत तथा परराष्ट्र जस्ता क्षेत्रमा पद पाईने तथा स्थानान्तरण हुनेछ । पशुपालन तथा कृषि व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ । त्यस्तै शुख भावमा गोचर गर्ने केतुले घर जग्गा,हाउजिङ, ढुङगा माटो वा कन्ट्रक्सनको क्षत्रेमा समय लगानि गर्नेहरुका लागि अकस्मात धन तथा भौतिक सम्पति प्राप्त हुनेछ । किर्तिमानि काम गरि प्रशिद्धि कमाउँन सकिनेछ भने मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सवारि साधन तथा भुमि प्राप्तिको गतिलो सम्भावना रहेकोछ । फाग्गुन ९ गते पछि भाग्यभावमा प्रबेश गर्ने राहु र पराक्रम भावमा गोचर गर्ने केतुले लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा हुनेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा तपाईको गतिलो उपस्थिति रहनेछ । भाग्यले साथ दिने हुदा सानो सानो प्रयत्नले सकारात्मक तथा उपलब्धि मुलक कामहरु हुनेछन् ।

आष्विन १९ गतेसम्म प्रथम भावमा गोचर गर्ने बृहस्पतिले कामहरु समयमा नसकिने तथा बिलम्ब हुने हुनाले मान सम्मानमा कमि हुनेछ । नितिनियम नमान्दा वा नियम संगत काम नगर्दा राज्यबाट दण्ड तथा जरिजाना हुनेछ । आष्विन १९ गते पछि फाल्गुन १९ गते सम्म धन स्थानमा रहने बृहस्पतिले परिस्थिति अनुकुल बन्ने तथा भाग्ले साथ दिनेछ । स्कुल,कलेजत तथा बित्तिय क्षेत्रमा गरिएको लागानि फस्टाएर जानेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने बिद्या तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने बिबाह गरि घरजम गर्न सकिनेछ ।

राशि स्वामि शुक्र बैसाख ६ गतेबाट बैसाख ३० गतेसम्म अष्टम भावमा स्वगृह भई बस्ने हुुनाले नसोचेको धन तथा सम्पति लाभ हुनेछ । चिट्ठा पर्ने तथा उपाहार प्राप्तीको गतिलो सम्भावना रहेकोछ । फेन्सि तथा बिलाशी सामानको व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । साउन १६ गतेबाट भाद्र १७ गतेसम्म र कार्तिक ६ गतेबाट मंसिर १२ गतेसम्म खर्चभावमा निचो भएर गोचर गर्ने शुक्रले उपचार खर्च बढ्ने तथा कष्टकर यात्रा पनि हुन सक्छ ध्यान दिनुहोला । भाद्र १८ गतेबाट कार्तिक ५ गतेसम्म र मंसिर १३ देखि पौस १७ गतेसम्म प्रथम भावमा स्वगृह भई मालव्य योगको निर्माण गर्ने शुक्रले भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग तथा परिचालन गरि आर्थिक अवस्था मजभुत पार्न सकिनेछ । घर जग्गा तथा सवारि साधन जोडिनेछ भने घर परिवारमा शुभ तथ मांगलिक कार्य हुनेछ ।

आर्थिक दृष्टिकोणले साउँन, भाद्र,पौस तथा चैत्र अनुकुल रहेकोछ । प्रतिकुल समयमा देबि तथा बंगलामुखिको दर्शन, पुजा तथा आराधना, तथा बृहस्पतिको मन्त्रजप गरि समयलाई फलदायी बनाउन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
यो वर्ष पुर्वाद्धको समय संघर्षमय रहेपनि उत्तराद्धको समय उत्साहजनक रहनेछ । आष्विन १९ गतेसम्म खर्च भावमा गोचर गर्ने बृहस्पतिले लामो दुरिको शैक्षिक तथा धार्मिक यात्रा हुनेछ । नोकरिमा आफ्नो कार्य क्षमता देखाउन नसक्दा दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेकोछ । स्वास्थ्या समस्या देखिने हुदा उपचार खर्च बढेर जानेछ भने आखामा समस्या आउनेछ । बिशेष गरि कोल्डस्टोर,कलेजो,जण्डिज तथा सुगर रोग भएकाहरुले सचेत रहनु होला । माया प्रेममा एक अर्कालाई शंकाको नजरले हेर्दा नचाहादा नचाहादै छुट्नु पर्ने अवस्था आउँनेछ । आष्विन १९ गतेपछि फाल्गुन १९ सम्म जन्म रासिमा बृहस्पतिको आगमनले सुधारका संकेतहरु देखिनेछन् । फाल्गुन १९ गते पछि धनस्थानमा जाने बृहस्पतिले व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । स्कुल कलेज,बैक तथा बित्तिय क्षेत्र,न्यायिक निकाय, एकाउन्टेन जस्ता क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन तथा भौतिक सम्पति जोड्ने योग रहकोछ ।

फाल्गुन ९ गतेसम्म भाग्यभावमा गोचर गर्ने राहु र पराक्रम भावमा गोचर गर्ने केतुले बिभिन्न अवसर आउँने र ति अवसरलाई सदुपयोग गरि मनग्गे आम्दानि गर्न सकिनेछ । नयाँ काम पाउँने तथा पदोन्नतीको वा अनुकुल ठाउँमा स्नानान्तरण हुँनेछ । प्राकृतिक तथा सरकारि स्रोत साधन तथा पैतृक धनको प्रयोग मार्फत प्रशस्त आम्दानि गर्न सकिनेछ । राजनिति तथा कुटनितिको क्षेत्रमा समय खर्चिनेहरुका लागि देश तथा जनताकै कामको लागि देश बिदेशको यात्रा हुनेछ भने राजदुत,एनजिओ,आईएनजिओ,बिदेशबाट सञ्चालित सस्थाहरुमा नियूत्ति तथा स्थानान्तरण हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । नयाँ उद्योग धन्दा तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि हुँनेछ । भौतिक सम्पति तथा भुमि जोड्ने समय आउँनेछ । कृषि तथा पशुपालन व्यावसायलाई आधुनिकिकरण गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने नविन कार्यमा मन जानेछ । सत्रु परास्त हुँने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् भने छोटो छोटो यात्रा अधिक हुँनेछ । फाल्गुन ९ गतेपछि कष्टभावमा जाने राहु र धन भावमा जाने केतुले अकस्मात धन सम्पति बृद्धि हुने योग रहे पनि भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा बिषेश ख्याल गर्नुहोला ।

वर्ष भरिनै शनिको अन्त्य शाढेशाति दशाको कारणले आर्थिक अवस्था कमजोर रहनेछ भने काममा बिलम्ब हुनेछ । झुटा आरोप लाग्ने तथा मान सम्मानमा कमिको महशुुस हुँनेछ भने आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा दुरि बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । हतियार तथा दुर्घटना भई चोटपटक लाग्नेछ भने दाजुभाई तथा जविन साथिसँग मनमुटाव बढ्नेछ । तरपनि जन्मकुण्डलिमा शनि उच्च,स्वगृह,मित्रगृह तथा ३,६,११ भावमा भए काम तथा अध्ययनको शिलशिलामा देश बिदेशका यात्रा हुँनेछ । आर्थिक दृष्टिकोणले बैसाख,भाद्र,असोज,माघ महिना अनुकुल रहेकोछ । बंगालामुखिको पुजा तथा आराधना तथा शनिलाई खुसि पार्नको लागि बिश्नुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
धनु रासि भएका व्याक्तिहरुलाई पुर्वाद्ध तथा मध्यकाल उत्साहजनक रहेपनि उत्तराद्धको समय केहि संघर्षमय रहनेछ । आष्विन १९ गतेसम्म आएभावमा गोचर गर्ने बृहस्पतिको प्रभावले सामाजिक पद प्रतिष्ठा प्राप्त हुँनेछ भने सामाजिक काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । सरकारि तथा प्रसाशनिक क्षेत्रमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ । व्यापार व्यावसायमा लगानि बढाई प्रसस्त आम्दानि गर्न सकिनेछ । स्कुल कलेज ,बैक तथा बित्तिय क्षेत्रमा गजरिएको लगानि फस्टाएर जानेछ । बिद्यार्थिवर्गहरुले बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्र्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ भने अध्ययन तथा कामको शिलशिलामा देश बिदेशको यात्रा हुँनेछ । माया प्रेम गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई बिबाहमा परिणत गर्न सक्नेछन् । लामो दुरिको धार्मिक यात्रा हुँनेछ भने परोपकार जन्य काममा सहभागि भईनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत प्रसस्त रुपैया पैसा कमाउँन सकिनेछ भने उपाहार तथा चिठ्ठा प्राप्तिको योग रहेकोछ । ईच्छित चाहना तथा मनोकामनाहरु पुरा हुँनेछन् । आष्विन १९ गतेपछि खर्च भावमा जाने बृहस्पतिले स्वास्थ्यमा समस्या आउनेछ । कोल्ड स्टोर,जन्डिज,कलेजो तथा मोटोमन भएका व्याक्तिहरुले बिशष ख्याल गर्नुपर्नेछ । फाल्गुन १९ गते पछि जन्म राशिमा प्रबेश गर्ने बृहस्पतिले व्यापार तथा नोकरिमा बिध्न बाधाको सामना गर्नुपर्नेछ भने राजभए र मानिशिक क्लेश बढ्नेछ । खर्च बढ्ने हुनाले आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ ।

वर्षभरिनै शनिको मध्य साडेसातिको प्रभाव रहनेछ । जन्म कुण्डलिमा शनि कमजोर हुँनेहरुलाई बिभिन्न समस्या आईपर्ने,झुटा आरोप लाग्ने तथा समयमा काम सम्पन्न नहुँने तथा शरिर कमजोर हुँने समस्या आईपर्नेछ । जन्म कुण्डलीमा शनि स्वगृह, उच्च तथा मित्रगृहमा हुनेहरुका लागि भने शनिले राम्रा तथा परिणाम मुखि फल दिनेछ । फाल्गुन ९ गतेसम्म अष्टम भावमा गोचर गर्ने राहु र धन भावमा गोचर गर्ने केतुले अकस्मात आर्थिक अवस्था बलियो भए पनि भौतिक सम्पति तथा सवारि साधनो प्रयोग गर्दा ध्यान दिनुहोला अचानक दुर्घटना,चोटपटक,रोगले सताउनेछ । फाल्गुन ९ गते पछि सप्तम भावमा जाने राहु र राशिभावमा जाने केतुले अचानक व्यापार व्यावसायमा बृद्धि हुनेछ भने लामो दुरिको मनोरञ्जानात्मक तथा व्यापारिक यात्रा हुनेछ । साझदारि व्यावसायमा समय लगानि गर्नेहरुले मनग्गे धन सम्पति जोड्ने समय रहेकोछ । लामो समयदेखिको प्रेम सम्बन्धमा भने माया प्रेममा एक अर्कालाई अबिश्वास तथा शंका गनाले नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउनेछ । दाम्पत्य जीवनमा सामान्य मतभेद रहनेछ ।

साढेसातिको प्रभाव हुँनेहरुले महांकाल तथा कालि भगवतिको आराधना गरि प्रत्यक शनिबार पपिलमा पानि चडाउँदा फाईदा हुँनेछ । बृहस्पतिको लागि माता बंगालामुखिको पूजा तथा आराधना गर्नाले शुभफल प्राप्त हुनेछ र जन्म कुण्डलीमा राहु तथा केतु कमजोर हुनेहरुले वटुक भैरव र छिन्नमस्ताको उपसना गर्नुहोला । आर्थिक दृष्टिकोणले जेष्ठ,असोज,कार्तिक तथा फाल्गुन महिना राम्रो रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मकर रासि हुँने हरुका लागि समग्रमा समय राम्रो रहेकोछ । आविन १९ गतेसम्म राज्यभावमा र फाल्गुन १९ गतेसम्म आए भावमा गोचर गर्ने बृहस्पतिले बृहस्पतिले राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले सम्मानजनक पद प्राप्त गर्नेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुँनेछ । भाग्यले साथ दिने हुँनाले सानो प्रयत्नले ठुलो काम बन्नेछ । व्यापार व्यावसायमा समय लगानि गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउँन सक्नेछन् भने लगानि बढाउँने अवसर जुट्नेछ । खोज तथा अनुशन्धानको क्षेत्रका प्रगति हुँनेछ भने बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर जग्गा तथा स्थाई सम्पति जोड्न सकिनेछ । नयाँ कामको खोजिमा रहेकाहरुले नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नति हुँनेछ । माया प्रेमको सम्बन्ध बिवाहमा परिणत हुँनेछ भने जीवन साथिको सहयोगले बिषेश काम गर्ने अवसर प्राप्त हुँनेछ । फाग्गुन १९ गतेपछि खर्च भावमा जाने बृहस्पतिले स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । दिर्घकालिन रोगिहरुले बिशेष ख्याल गर्नुपर्ने समय रहेकोछ ।

फाल्गुन ९ गतेसम्म व्यापार भावमा गोचर गर्ने राहु र राशिभावमा गोचर गर्ने केतुले व्यापार बिश्तारको सवालमा देश बिदेशका यात्रा हुँनेछ भने अकस्मात धन तथापतिमा बृद्धि हुँनेछ । स्वदेशमा उत्पादित सामानहरुको व्यापार व्यावसाय बिदेशमा निर्यात बढ्नेछ भने व्यापार बिश्तारकै शिलशिलामा लामो दुरिको समुन्द्रपारको यात्रा हुनेछ । छोटो समयमा आर्थिक उन्नतति गरि जीवन स्थर उकास्न सकिनेछ । फाल्गनु ९ गते पछि छैटौ भावमा जाने राहु र खर्च भावमा जाने केतुले खर्च बढाए पनि उपलब्धिमुलक कामहरु हुनेछन् । बिदेशी लगानिबाट सञ्चालित सस्थाहरुमा काम पाउने प्रशस्त सम्भावना रहेकोछ भने अफिसिएल यात्रा हुनेछ । बिद्यार्थीहरु अध्ययनकै शिलशिलामा यात्राको तय गर्नुपर्नेछ । भौतिक सम्पति थता सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा होसियार हुँनुहोला दुर्घटना नहोला भन्न सकिन्न ।

वर्षभरिनै शनिको अढैयाको प्रभावले स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ भने घरमा आफन्त तथा अग्रजहरु सँग बिवाद बढ्नेछ । सामाजिक काम समयमा सम्पन्न नभई मान सम्मानमा दाग लाग्नेछ । न्यायिक निर्णहरु तपाईको पक्षमा नहुन सक्छन् । तर पनि जन्म कुण्डलिमा शनि उच्च तथा स्वगृह,मित्रगृह तथा ३, ६ ११ भावमा भए शुभ फल प्राप्त हुँनेछ भने शैक्षिक तथा कामको शिशलशिलामा देश बिदेशको यात्रा हुँनेछ । शनिको नकरात्मक प्रभावबाट बच्नको लागि महांकाल तथा कालि भगवतिको पूजा आराधना गरि पीपलमा जल चडाउँदा फाईदा हुँनेछ । वर्षभरि राहु तथा केतुको मन्त्रजप तथा बटुक भैरवको दर्शन गर्दा लाभ मिल्नेछ । आर्थिक दृष्टिकोणले असार, कार्तिक, मंसिर तथा चैत्र महिना लाभदायक रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कुम्भरासि हुँनेहरुका यो वर्ष उत्साह पुर्वक बित्नेछ । आष्विन १९ गतेसम्म भाग्यभावमा र फाल्गुन १९ सम्म राज्यभावमा र फाल्गुन १९ पछि लाभ स्थानमा गोचर गर्ने बृहस्पतिले राजनिति तथा कुटनितिको क्षेत्रमा लामो समय देखि काम गर्नेहरुले राज्यबाट कार्यकारि पद प्राप्तीको योग रहेकोछ । नया काम पाउने तथा नोकरिमा बढोत्तरीको ग्रहयोग रहेकोछ । सानो प्रयत्नले ठुलो काम बन्नेछ भने राज्यबाट मान सम्मान तथा ईज्जत प्रतिष्ठा पाईनेछ । कृषि,पशुपालन तथा सहकारी क्षेत्रमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । स्कुल,कलेज,बैक तथा इन्सुरेन्समा जस्ता क्षेत्रमा गरिएको लगानिबाट मनग्गे लाभ लिन सकिनेछ । पैत्रिक सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ । लामो समयदेखि प्रेम सम्बन्धमा रहेकाहरु त्था सुयोग्ग बर तथा बधुको लगन गाठो कसिनेछ । मातृभुमि छोडेर लामो दुरिको फाईदाजनक धार्मिक तथा शैक्षिक यात्रा हुँनेछ भने पुत्र लाभको गतिलो सम्भावना रहेकोछ ।

फाल्गुन ९ गतेसम्म सत्रु भावमा गोचर राहु र खर्च स्थानमा गोचर गर्ने केतुले मनमा अशान्ति पैदा गर्नेछ भने आँखा तथा स्वास्थ सम्बन्धि समस्या निम्त्याउँनेछ । पुराना रोगहरु बल्झने तथा दीर्घकाल सम्म चल्ने रोग लाग्न सक्छ ध्यान दिनुहोला । मामा तथा मावलि पक्षबाट तपाईको काममा सहयोग तथा समर्थन रहनेछैन । फाल्गुन ९ गतेपछि राहु पञ्चम भावमा र केतु आएभावमा प्रबेश गर्ने हुनाले धन तथा सम्पतिमा अचानक बृद्धि हुनेछ । शेयर बजार, लट्रि तथा सट्टाको कारोबार एक्काशी बढ्नेछ । भाग्य तथा आएमा बृद्धि भई आर्थिक अवस्था मजभुत रहनेछ ।

वर्षभरिनै शनि अनुकुल हुनाले भौतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । राज्यसँग नजिक भई गरिने कामहरु जस्तै राजनिति, समाजसेवा, ठेक्कापट्टा मार्फत आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । बिदेशी भाषा तथा बिदेशी सस्कार सस्कृतिको अनुशरण गर्नेशरुका लागि समय उत्तम रहेकोछ । बहुमुल्य धातु तथा सवारि साधन जोड्न सकिनेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा तपाईको गतिलो उपश्थिति रहनेछ । भुमि तथा खनिज पदार्थको व्यापार व्यावसायबाट प्रसस्त आम्दानि हुँनेछ भने नोकरिमा पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । दाजुभाई तथा बन्धुबान्धबबाट भरपुर सहयोग पाईने तथा स्त्रि बर्गबाट सहयोग पाईनेछ ।
आर्थिक दृष्टिकोणले बैसाख साउँन मंसिर,पौस महिना उत्कृष्ट रहेको छ । बिधिपुर्वक बृहस्पतिको लागि माता बंगलामुखिको पूजा तथा आराधना तथा राहु केतुको लागि बटुक भैरवको दर्शन तथा मन्त्र जप गर्नाले लाभ मिल्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
यो वर्ष मिन राशि हुनेहरुका लागि सुरुको समय संघर्ष मय रहेपनि अन्तको समय भने उल्लाशमय रहनेछ । आष्विन १९ गतेसम्म कष्ट भावमा रहने बृहस्पतिले स्वास्यमा समस्या आई अत्याधिक खर्च हुनेछ । भौतिक सम्पतिमा बिवाद आउनुको साथै परिवारजन सँग टाडिएर लामो दुरिको कष्टकर यात्रा हुनेछ । व्यावहारिक समस्या बढ्नेछ भने ऋण,रोग तथा संकटको सामना गर्नु पर्नेछ । बिधिबिधान पुर्वक काम नगर्दा राज्यबाट आर्थिक अपचलनको मुद्दा लाग्ने तथा दण्ड जरिवाना तिर्नुपर्नेछ । आष्विन १९ गतेपछि भाग्यभावमा र फाल्गनु १९ गतेपछि राज्य भावमा जाने बृहस्पतिले खोज तथा अनुशन्धानकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । समाजमा गुमेको साख फिर्ता गर्न सकिनेछ भने राजनिति तथा कल्याणकारि क्षेत्रमा समय लगानि गर्नेहरुले राज्यबाट पद पाउने तथा प्रशस्त सेवा सुबिधा पाउने ग्रहयोग रहेकोछ । राज्यको निकाएमा बसेर काम गरिरहेका हरुले अनुकुल स्थानमा सरुवा तथा कार्यकारि पदमा बसि देश र जनताको सेवा गर्ने अवसर प्राप्त हुनेछ । अध्ययन अध्यापनमा सुधार हुने तथा नतिजा आफ्नै पक्षमा पार्न सकिनेछ । कुनै पनि पेशा व्यावसायमा समय खर्चिने हरुले मनग्गे आम्दानि गर्न सक्नेछन् । बिवाह बन्धनमा बाधिने गतिलो योग रहेकोछ भने लामो समय देखि प्रेममा रहेकाहरुले आफ्नो सम्बन्धलाई आत्मियता थप गर्ने अवसर प्राप्त हुनेछ ।

फाल्गुन ९ गतेसम्म पञ्चम भावमा गोचर गर्ने राहु र लाभ आउँमा आउँने केतुले अचानक धन तथा दौलतको बृद्धि गर्नेछ भने चिठ्ठा तथा उपाहार प्राप्तिको गतिलो सम्भावना रहेकोछ । बिदेशी तथा कुटनितिको क्षेत्रमा रहि काम गर्नेहरुले नया प्रकृतिको काम गरि मनग्गे धन सम्पति जोड्ने समय रहेकोछ । फाल्गुन ९ पछि सुख भावमा प्रबेश गर्ने राहु र राज्य भावमा गोचर गर्ने केतुेले बसाई सराई तथा मातृभुमि छोडि अन्य स्थानमा स्थानान्तरण हुने योग रहेकोछ भने जागरि तथा व्यावसायमा अलि बढि चनाखो भएर काम गर्नु पर्नेछ ।

वर्षभरिनै राज्य भावमा गोचर गर्ने शनिले नोकरि तथा कार्यक्षेत्रमा तपाईको आलोचना गर्नेहरु सक्रिय भएपनि उनिहरुका नकारात्मक सोचाई तथा गलत क्रियाकलापहरुलाई चिर्दै सुधारमुखि काम गर्न सकिनेछ । कामहरुमा बिलम्ब भएपनि अन्तत प्रतिफल भने उत्साहमुखि हुनेछ । नचाहादा नचाहादै मुद्दा मामिला जस्ता बिवादास्पद बिषयमा सहभागि हुनु पर्ने भएपनि अन्तत छुट्कारा पाईनेछ ।
आर्थिक दृष्टिकोणले जेष्ठ,भाद्र,पौस र माघ पहिना उत्कृष्ट रहेका छन् । बिधिपुर्वक बृहस्पतिको लागि माता बंगलामुखिको पूजा,आराधन तथा दर्शन र शनिको लागि मंहाकाल मन्दिरको दर्शन तथा मन्त्रजप र पीपलमा जल चडाउँनाले लाभ मिल्नेछ ।

नयाँ बर्ष २०७५ सालको उपलक्ष्यमा देश बिदेशमा रहनु हुँने सम्पुर्ण दर्शक,पाठक तथा सुभचिन्तक हरुलाई नवयूग ज्योतिष परामर्ष सेवा केन्द्रको तर्फबाट उत्तर उत्तर प्रगतिको शुभकामना दिदै तपाईको दिन शुभ बितोस भन्ने अपेक्षा राख्दछु ।

ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९

0 Shares
Share
Tweet
WhatsApp
Vibe

भगवानको शक्ति यस्तो रोग निको हुने अलौकीक ठाउ भेटियो म्याग्दीमा

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
ScotNepal.Com
 
ScotNepal.Com
Public group · 7,683 members
Join Group
यस ग्रुपमा हुनु भएका सम्पूर्ण मेम्बरहरुले पोस्ट गर्दा बिसेष गरि अपच सब्द , हेर्न नालायक तस्बिर शेर नगर्न हुन् हार्दिक अनुरोध गर्दछौ । www.scotnepal.co...
 
  • ताजा
  • मुख्य
  • लोकप्रिय

१४ दिन पछि झाक्री भेट्दा रोए

5 घण्टा अगाडि

झाक्री जेलबाट छुटेपछि रुदै आए मिडियामा,बल्ल

5 घण्टा अगाडि

झाक्री हिरासत बाट निस्कन साथ बुबा

4 घण्टा अगाडि

अन्तत :झाक्री १३ दिन पछि हिरासत

3 घण्टा अगाडि

टिकटक भाईरल गित ‘सिमलैमा मैना’ अन्तिम

2 घण्टा अगाडि

चलचित्र ‘तिम्रो हुने कहिले ?’को शीर्ष

2 घण्टा अगाडि

‘आँधी तुफान २’ निर्माण घोषणा

2 घण्टा अगाडि

१४ दिनपछि बन झाँ”क्री छुटे, भयो

1 घण्टा अगाडि

१४ दिन पछि झाक्री भेट्दा रोए

5 घण्टा अगाडि

झाक्री जेलबाट छुटेपछि रुदै आए मिडियामा,बल्ल

5 घण्टा अगाडि

झाक्री हिरासत बाट निस्कन साथ बुबा

4 घण्टा अगाडि

अन्तत :झाक्री १३ दिन पछि हिरासत

3 घण्टा अगाडि

टिकटक भाईरल गित ‘सिमलैमा मैना’ अन्तिम

2 घण्टा अगाडि

चलचित्र ‘तिम्रो हुने कहिले ?’को शीर्ष

2 घण्टा अगाडि

‘आँधी तुफान २’ निर्माण घोषणा

2 घण्टा अगाडि

१४ दिनपछि बन झाँ”क्री छुटे, भयो

1 घण्टा अगाडि

१४ दिन पछि झाक्री भेट्दा रोए

5 घण्टा अगाडि

झाक्री जेलबाट छुटेपछि रुदै आए मिडियामा,बल्ल

5 घण्टा अगाडि

झाक्री हिरासत बाट निस्कन साथ बुबा

4 घण्टा अगाडि

अन्तत :झाक्री १३ दिन पछि हिरासत

3 घण्टा अगाडि

टिकटक भाईरल गित ‘सिमलैमा मैना’ अन्तिम

2 घण्टा अगाडि

चलचित्र ‘तिम्रो हुने कहिले ?’को शीर्ष

2 घण्टा अगाडि

‘आँधी तुफान २’ निर्माण घोषणा

2 घण्टा अगाडि

१४ दिनपछि बन झाँ”क्री छुटे, भयो

1 घण्टा अगाडि

MUST VISIT

Popular Posts

अकला मन्दिरमा राति शंखघण्ट आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा घण्ट आफै हल्लिनु ! दैविक शक्ति (भिडियो सहित)अकला मन्दिरमा राति शंखघण्ट आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा घण्ट आफै हल्लिनु ! दैविक शक्ति (भिडियो सहित)138K Total Shares
कुनै पनी केटालाई सामाजीक संजालबाट चिनेकै भरमा विश्वास गरी आफ्नो इज्जत लिलाम नगर्नुस् दिदीबहिनीहरु !कुनै पनी केटालाई सामाजीक संजालबाट चिनेकै भरमा विश्वास गरी आफ्नो इज्जत लिलाम नगर्नुस् दिदीबहिनीहरु !102K Total Shares
जय पाथिभरा माता सबैको कल्याण गर्नुहोस ! भगवानको शक्ति छ यो ठाउमा , १० बर्ष देखी पालेको रोग चवाटटै भयो (भिडियो सहित)जय पाथिभरा माता सबैको कल्याण गर्नुहोस ! भगवानको शक्ति छ यो ठाउमा , १० बर्ष देखी पालेको रोग चवाटटै भयो (भिडियो सहित)94K Total Shares
आजको राशिफल फागुन १२ गते बुधबार : पाथिभारा माताले सबैको कल्याण गरुन हेर्नुहोस र शेयर गर्नुहोस !आजको राशिफल फागुन १२ गते बुधबार : पाथिभारा माताले सबैको कल्याण गरुन हेर्नुहोस र शेयर गर्नुहोस !78K Total Shares
जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न न सके एक शेयर अबश्य गर्नु होला ! (भिडियो सहित)जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न न सके एक शेयर अबश्य गर्नु होला ! (भिडियो सहित)69K Total Shares
हेर्नुहोस् मंसिर २५ गते बिहिबारको राशिफल – पाथिभारा माताले सबैको कल्याण गरुन !हेर्नुहोस् मंसिर २५ गते बिहिबारको राशिफल – पाथिभारा माताले सबैको कल्याण गरुन !66K Total Shares
असार ३ गते बुधबारको राशिफल हेर्नुहोस् , पाथीभारामाताले सबैको कल्याण गरुँन !असार ३ गते बुधबारको राशिफल हेर्नुहोस् , पाथीभारामाताले सबैको कल्याण गरुँन !63K Total Shares
आज बि.सं. २०७७ वैशाख १५ गते सोमबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंआज बि.सं. २०७७ वैशाख १५ गते सोमबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं63K Total Shares
बि.सं. २०७७ साल जेष्ठ जेष्ठ ८ गते बिहिबार पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंबि.सं. २०७७ साल जेष्ठ जेष्ठ ८ गते बिहिबार पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं61K Total Shares
बि.सं. २०७७ नया बर्ष वैशाख ९ गते मंगलबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंबि.सं. २०७७ नया बर्ष वैशाख ९ गते मंगलबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं61K Total Shares

सम्बन्धित समाचारहरु

  • दक्षिणकाली माताले सबैको कल्याण गरुँन ! आज फागुन २० गते...

  • आजको राशिफल फागुन २० गते बिहीवार – पाथिभारा माताले सबैको...

  • हेर्नुहोस् फाल्गुन १८ गते मंगलबारको राशिफल: दक्षिणकाली माताले सबैको कल्याण...

  • आजको राशिफल फागुन १९ गते बुधबार – पाथिभारा माताले सबैको...

  • हेर्नुहोस् फाल्गुन १८ गते मंगलबारको राशिफल – पाथिभारा माताले सबैको...

  • हेर्नुहोस् फाल्गुन १८ गते मंगलबारको राशिफल – दक्षिणकाली माताले सबैको...

हाम्रो टिम

प्रधान सम्पादक

- टिका अधिकारी

फोटो/भिडियो

- टिका अधिकारी (युके)
- कमल खत्री (गुल्मी)

लेखक

-विजय थापा (अमेरिका)
-दीपशिखा शर्मा (काठमाडौँ)
-जगन कार्की (युके)

सहयोगी

- शिव भण्डारी (लन्डन)
- आङ कामी शेर्पा (अमेरिका)
- केश बहादुर कार्की (अमेरिका)

संवाददाता

-बिजय डंगोल (स्कटल्याण्ड)
-सुदीप गौतम (बुटवल)
-रविलाल पौडेल (गुल्मी)
-कर्ण बहादुर अधिकारी (मकाउ चीन)

मनोरंजन/लोक दोहरी

- निलमनी भण्डारी (काठमाडौँ)
- प्रमिला राइ (काठमाडौँ)

प्रस्तोता / उद्घोषक

- प्रेणा केसी (बुटवल)
- शितल शर्मा (काठमाडौँ)

Contact US

NEPAL ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered No : 191390/74/075

3 Anam Nagar, Kathmandu

+9779841309833

admin@scotnepal.com

UK ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered in England,

Registered No.

11568686

Registered Address:

Unit 1, 58 Plumstead High Street LONDON SE18 1SL

Follow Us


विज्ञापनको लागि
9841309833
+447828905018
scotnepalonline@gmail.com
स्कटनेपाल मिडियाहाउस प्राली द्वारा संचालित

© Copyright 2021, ScotNepal Media House Pvt Ltd All Rights Reserved Designed By: Tech-Info Nepal
This website uses cookies
This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish.Accept Reject Read More
Privacy & Cookies Policy

Privacy Overview

This website uses cookies to improve your experience while you navigate through the website. Out of these, the cookies that are categorized as necessary are stored on your browser as they are essential for the working of basic functionalities of the website. We also use third-party cookies that help us analyze and understand how you use this website. These cookies will be stored in your browser only with your consent. You also have the option to opt-out of these cookies. But opting out of some of these cookies may affect your browsing experience.
Necessary
Always Enabled

Necessary cookies are absolutely essential for the website to function properly. This category only includes cookies that ensures basic functionalities and security features of the website. These cookies do not store any personal information.

Non-necessary

Any cookies that may not be particularly necessary for the website to function and is used specifically to collect user personal data via analytics, ads, other embedded contents are termed as non-necessary cookies. It is mandatory to procure user consent prior to running these cookies on your website.

SAVE & ACCEPT