एउटै जिल्लाका महिला राष्ट्रपतिमा भिड्दै, बिद्या भण्डारीलाई टक्कर दिने कुमारी राई को हुन् ? (भिडियो)

संयोग नै मान्न पर्छ देशको तेस्रो राष्ट्रपति बन्नको लागी भोजपुर जिल्लाबाटै २ जनाको उमेद्वारी परेको छ । वर्तमान राष्ट्रपति बिद्यादेबी भण्डारीले पनि फेरी अर्को कार्यकालको लागी उमेद्वारी दर्ता गर्नुभएको छ भने नेपाली काँग्रेसकी सांसद कुमारी लक्ष्मी राईले पनि उमेद्वारी दर्ता गर्नुभएको छ । फागुन २९ गते देशले तेस्रो राष्ट्रपति पाउने छ । भण्डारी र राई दुबैको जन्मस्थान भोजपुर जिल्ला हो । अंग्रेजी भाषमा एमए सम्मको अध्ययान गरेकी राई २०३० साल बाट राजनीतिमा लाग्नु भएको हो । बिद्या देबी भण्डारीलाई बाम गठबन्धनको सर्मथन रहेको छ भने कुमारी लक्ष्मी राईलाई नेपाली काँग्रेसले उमेद्वार बनाएको हो ।