६ महिनाकी सानी बालिकालाइ छोडेर बाबा टाडिय पछी निलमले सम्बन्ध गुमाउनुको पिडा यसरी पोखिन : मार्मिक भिडियो सहित !

युके,

सधै नृत्य र सामाजिक बिषयबस्तु पोष्ट गर्ने ‘डान्सर’ नीलम ढुंगानाले प्रेम दिवसको दिन आफ्नो फेसबुकमा यस्तो मार्मिक स्टाटस लेखि दुख: पोखेकी छन |

जिन्दगीमा घटेका कतिपय कुराहरु शब्दहरुमा बयान गर्न सकिँदैन रहेछ, आफ्नो बारेमा आएका समाचारहरु पढेर आफै दुखी हुनु सिवाय केही गर्न नसकीने रहेछ । जुन सम्बन्धमा रहेर मैले मेरा जिन्दगीका अमुल्य दश वर्ष विताएँ सुख र दुखहरु अनुभव गरेँ, जिन्दगीलाई नजिकबाट बुझेँ त्यस्तो सम्बन्ध जुनसुकै कारणबाट भएपनि गुमाउनु पर्दाको पिडालाई म शब्दमा उतार्न सक्तिन । अवस्था भयावह नभइकन काखमा ६ महिनाकी सानी बच्ची हुँदा यस्तो निर्णय लिन कसरी सम्भव होला र ! मध्यम किसीमका समस्याहरु मात्र पर्दैमा यस्ता गम्भीर निर्णयहरु कसैले पनि लिनु हुँदैन ! तर सद्भाव, विस्वास र सम्मानको अभाव हुनु, आपसी सद्भाव विथोलिनु, विश्वास टुट्नु र सम्मानको अभाव हुनु जस्ता अवस्थाहरु सृजना हुँदै गएपछी आत्मसम्मानको क्षयिकरण हुने रहेछ र आत्मसम्मानको क्षय हुँदा खेरिको जस्तो कठिन कुनै क्षण नहुने रहेछ । त्यसैले अब साथ नरहने निर्णय नै लिइसके पछि पनि मेरो छोरीको बाबा भएको नाताले मैले वहाँ प्रति कुनै दुराभाव ब्यक्त गर्न सक्दिन । मलाई मातृत्वको अनुपम अनुभव गराउने मेरो नानीको पिता प्रति मेरो अत्यन्तै ठुलो सम्मान छ र मैले वहाँ प्रति गर्ने सम्मान सधैं उस्तै रहिरहनेछ । जति मन मुटावहरु भए त्यो साथमा रहुन्जेल भए, साथ छुटेपछी एकले अर्कोलाई उचित र सम्मानित ब्यवहार गर्नुपर्छ भन्ने कुरा म बुझ्दछु र त्यही अनुसार आशा पनि गर्दछु । मेरा शुभचिन्तकहरुले सामाजीक संजालमा मेरो लागि धेरै चिन्ता ब्यक्त गर्नुभएको छ, यहाँहरुको म प्रतिको सद्भावले म द्रविभुत भएकी छु । यो अवस्थामा आएका सबै म्यासेजहरुको जवाफ दिनसक्ने अवस्थामा छैन र मैले आफु ‘कमजोर छु’ भनेर कहिँ कतैबाट सहानुभुती बटुल्ने कोसीस पनि गर्ने छैन । जुन बिन्दुबाट हाम्रो बाटो अलग्गीएको छ त्यहींबाट आफैले आफु र बच्चाको भविष्यको लागी केही थप संघर्षहरु सुरु गर्नेछु। आउने दिनहरु जस्तासुकै भएपनि म मेरो अतितलाई सकेसम्म सम्मान गर्नेछु। मेरो लागी परिस्थीती अत्यन्तै जटिल भएपनि म कत्ती पनि विचलित हुन नपरोस्, हजुरहरु मलाई आशीर्वाद दिनुहोला । बाँकी कुरा संघर्ष गर्दै जाँदा जिन्दगीले सबै ठिक बनाउदै लैजाला भन्ने आशा गर्दछु।
र आजै पर्न गएको प्रेम दिवशको उपलक्षमा यहाँहरु सबैको प्रेम अजर अमर रहोस भन्ने शुभेच्छा समेत ब्यक्त गर्न चाहन्छु।

एउटा खुट्टाको कहाली लाग्दो कथा