नारि जातीको यो कस्तो बिडम्बना ! न चाहदा चाहदै पनि हाँसी-हाँसी यो जिन्दगी काट्नु पर्छ तिम्ले भिडियो

Spread the love

सिता श्रेष्ठ,
सुमुधुर स्वर की धनि गायिका सिता श्रेष्ट जी सामाजिक संजाल मार्फत लाइव भिडियोमै अहिले सम्मकै मिठो पन्चे बाजा गित को बारेमा बोल्दै हुनुन्छ ! उनि भन्नु हुन्छ
” हाँसी-हाँसी यो जिन्दगी कट्नु पर्छ तिम्ले स्वयम्वरको औँठी साट्यौ, साट्यौ बरमाला, मुटु पनी उसै संग साट्नु पर्छ तिम्ले, नमस्ते सम्पुर्णमा आज लामो समय पछी तपाइहरुको सामु फेसबुकमा प्रत्यक्ष आएकि छु। आउनुहोस एकछिन भएपनि रमाइलो गरौं र यदि मैरो आवाजमा भर्खरै मात्रै बजारमा आएको पञ्चेबाजा गित हाँसि हाँसी हेर्नुभएक छैन भने तल दिएको लिन्क क्लिक गर्नुहोला। ”

हेरौ उक्त भिडियो

बागलुङ, २०७४ पुस १२ । नेपाली लोकगीत संगीतको क्षेत्रका एक महान हस्ती हुन बसन्त थापा । बागलुङ जिल्लाको गलकोट नगरपालिका ७ मल्ममा जन्मेका थापाले थुप्रै गीत संगीत सिर्जना गरि बजारमा ल्याएका छन । उनका कैंयौ गीतहरुले अवार्ड समेत प्राप्त गर्न सफल भए ।

नेपाली गीत संगीतमा मौलिक पञ्चेबाजाका गीतहरु श्रोता दर्शक माॅझ पस्केर मन मुटुमा बस्न सफल गायक तथा सर्जक बसन्त थापा र पछिल्लो समयमा आफुलाई लोकसंगीतको क्षेत्रमा यात्रा तय गरिरहेकी गायिका सीता श्रेष्ठले बजारमा अर्को नयाॅ पञ्चे बाजाको गीत बजारमा ल्याएका छन । परदेशमा बसेर पनि गीत संगीतमा निरन्तर कलम चलाईरहेका गीतकार नारायण कंडेलको शब्द र बसन्त थापाको लयमा गित निकै मार्मिक बनेको छ । मंसिर महिना सकिएर पौष लाग्दै गर्दा बहुचर्चित गायक बसन्त थापाले गायिका सीता श्रेष्ठलाई हाँसीहाँसी डाेली चढाई लगेका छन । याे रियलमा चाँही होइन, हाँसी हाँसी जिन्दगी काट्नु पर्छ तिमिले भन्ने गितमा गायक थापाले पाले श्रेष्ठलाई डोली चढाएर लगेका हुन ।

पछिल्लो समयमा पञ्चेबाजा र थापा भनेपछि एक प्रकारको नयाँ पन हुनु स्वभाविक जस्तो लाग्न थालेको छ आम श्रोता दर्शकलाई । यसको अर्थ यो पनि हो कि बसन्त थापाका हरेक सिर्जनाहरु मन छुने खालका हुन्छन । पछिल्लो समय सार्वजनिक भएको हाँसी हाँसी एउटा त्यस्तो गीत हो जहाँ गीत मात्र होइन सन्देश पनि दिन खोजिएको छ । मायामा विछोड हुँदा पनि अरुको खुसीको लागी त्याग गर्न सक्नु पर्छ भन्ने सन्देश यस गीतमा प्रस्तुत गरिएको छ ।

जापानमा रहेर पनि नेपाली गीत संगीतमा निकै लोकप्रिय सर्जक नारायण कँडेलले यो गीतमा शव्द सिर्जना गरेका छन । ओवि रायमाझी र रञ्जिता गुरुङको भिडियोमा अभिनय रहेको छ भनें गीतको लय गायक बसन्त थापाको रहेको छ । सो गीतमा बसन्त थापा र सिता श्रेष्ठको सुमधुर आवाजले गीतलाई अझ राम्रो बनाएको छ । सीता श्रेष्ठ पछिल्लो समय गीत संगीतमा निकै चर्चा कमाउदै गईरहेकी छन । उनको सुमधुर आवाजले नेपाली लेकगीत संगीतका पारखीहरुको मन जित्न उनी सफल भएकी छन । गायक बसन्त थापाको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतको म्युजिक भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन । इबागलुंगको सहयोगमा
मन छुने पन्चे बाजा र डान्स – Heart Touching Panche Baja & Dance from Baglung


बाग्लुंग जिल्लामा जन्मिनु भएका गायक / संगीतकार पन्चे बाजाका ‘राजा’ भनेर अहिलेका युवा पुस्ता हरु बीच चिनिने एक मात्र सेलीब्रेटी ”बसन्त थापा” जो अहिले बेलायतमा हुनु हुन्छ केहि समयको लागि आफ्नो गित संगीत स्टेज प्रोग्राम हरु लियर आउनु भएको हो | यसै क्रममा हाम्रो भेट घाट भयो बर्मिन्ग्हममा देउसी भैलो खेल्दै रमाउदै बसन्त थापा संगको केहि रमाइलो पल हरु हामीले तपाई हरु संग पुराउने कोशिश गरि रहेका छौ || तपाई को प्रतिक्रिया अबश्य पनि तल कमेन्टमा जनाउन न भुल्नु होला भन्दै अहिले लाइ मिठो अन्तरबार्ता हेरौ / सुनौ भिडियोमा :