किन पुजा गर्नुपर्छ सरस्वतीको ?सरस्वती पुजाको रहस्य, यसरी गर्नुस पुजा (भिडियो)

सोमबार माघ ८, २०७४ सरस्वती पूजाको दिन हो । सरकारले शैक्षिक संस्थाहरुमा विदा दिएको छ । सरस्वती ज्ञानविज्ञान, कला–शिल्प, संगीतकी देवी हुन् । माघ महिनाको शुक्लपक्षको पञ्चमीलाई वसन्त पञ्चमीको रुपमा मनाइन्छ , माता सरस्वतीकी जन्मोत्सव । यसलाई हामी सरस्वती पूजाको रुपमा मनाउने गछौंं । विधि–विधानपूर्वक पूजा गर्नाले विद्या, वाणी र प्रशिद्धिको आर्शिवाद प्राप्त हुने विश्वास गरिन्छ ।
सरस्वती पूजाको दिन सबै शिक्षण संस्थामा शिक्षक एवं विद्यार्थीले सरस्वती माताको पूजा अर्चना गछन् । विद्यालय नगएका बालबालिकालाई अक्षर आरम्भ गराउने राम्रो साइत मानिन्छ यस दिनलाई । साथै कुनै पनि नयाँ कामको थालनीको सर्वोत्तम साइत हो सरस्वती पुजाको दिन । किन मनाउनु पर्छ, कसरी यो पुजाको सुरुवात भयो ? कुन बिधिबाट यो पुजा गर्नुपर्छ, हेरौं तलको भिडियो ।
[youtube https://www.youtube.com/watch?v=HqgAs5uGoY0&w=640&h=360]