रिलिज गर्ने तयारीमा रहेको झमक बहादुर फिल्मका नायक र द्वन्द्व निर्देशकको पार्टीमै कुटाकुट

Spread the love

काठमाडौं-  कुनै समय अति मिलनसार साथीका रुपमा रहेका झमक बहादुर फिल्मका नायक मिन कुमार तामाङ र यसै फिल्ममा खलनायक रहेका राजु किरांँत राई बिच झगडा भएको छ।

झमक बहादुर फिल्म युनिटले यस फिल्मका निर्देशक भोवन कटुवालको जन्मदिन पारि गत शुक्रवार राती अनामनगर स्थित एक रेस्टुरेन्टमा ससरपराईज पार्टीको आयोजन गरेको थियो ।

यस पार्टीमा झमक बहादुरको पुरै युनिट लगायत याे पागल मनका निर्देशक कल्याण अधिकारी र अन्य फिल्मकर्मीहरु को पनि उपस्थिति रहेको थियो। पार्टी सुरू भए सगै निर्देशक कटुवाल लाई सबैले शुभकामना दिदै थिए।

यसै समयमा यस फिल्मका नायक मिन कुमार तामाङ र राजु किरांँत राई बिच झमक बहादुर फिल्मकै बिषय लाई लिएर झगडा भएको छ।झगडा बढदै जादा हात हालाहालको स्थिति सम्म पुगेको थियो। अहीले उनिहरु बिच पानी बारा बारको स्थित रहेको छ।