भदाैरे भीरमा प्रहरीको घेराबन्दी : सभामुख अोनसरी घर्तीसहित महरा र पुन चढेको गाडीमा बम प्रहार

काठमाडौं ।

रोल्पामा सभामुख ओनसरी घर्ती मगर लगायत माओवादी केन्द्रका नेताहरुलाई लक्षित गरी बम प्रहार भएको छ ।

सभामुख घर्ती र माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा र बर्षमान पुन चढेको गाडीलाई लक्षित गरी दुर्इवटा बम प्रहार भएको हो । उनीहरू फरकफरक गाडीमा सवार थिए ।

लिवाङमा वाम गठबन्धनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न जाँदै गर्दा लिवाङ र सादोबाटोको बीचमा पर्ने भदौरे जंगलबाट बम प्रहार भएको हो ।

भदाैरे जंगलको भीरबाट नेताहरुको गाडी भन्दा १० मिटर अगाडि बम प्रहार भएको बताईएको छ ।

घटनामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । उनीहरू सुलिचाैरबाट लिवाङका लागि प्रहरी स्कटिङमा लिवाङ जाँदै थिए ।

बम प्रहार भए लगत्तै प्रहरीले भदाैरे भीरमा घेरा हालेर बम प्रहार गर्ने अज्ञात समूहको खोजी गरिरहेको छ ।