चेक रिपब्लिकमा मौलिक पन्चेबाजासहित बृहत् सांगितिक कार्यक्रम सम्पन्न

युरोपको चेक रिपब्लिक मा अंग्रेजी नयाँ बर्स २०२४ लाई नेपाली मौलिक कार्यक्रम सहित मनाईयको छ। युरोप भ्रमणमा रहेका गायक रबिन लामिछानेले लाइभ पन्चेबाजामा दोहोरी गायर भरपुर मनोरन्जन दियका थिय। चेकमा नै बसोबास गर्दै आएकी लोक दोहोरी गायिका अन्जना रायमाझीले दोहोरीमा दरिलो साथ दियकी थिईन भने एन आर एन ए अध्यक्ष, आफैमा कलाकार बैकुन्ठ रायमाझीले पनि दोहोरीमा साथ दियका थिय। एन आर एन ए चेक गणतन्त्रले अंग्रेजि नयाँ बर्सको उपलक्षमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम तथा अभिनन्दन कार्यक्रममा एन आर एन ए आई सि सि उपाध्यक्ष रामशरण सिंखडा , महिला उपाध्यक्ष रोजिना प्रधान राई , युरोप क्षेत्रीय संयोजक चिरन्जिवी खड्का, युरोप महिला संयोजक प्रसुना कंडेल , सल्लाहकार हिराधन राई, एन आर एन ए चेक पुर्ब अध्यक्षहरु यदुराम पन्थी , अर्जुन सापकोटा , छत्र सापकोटा , सल्लाहकारहरु जीवन केसि , शिव खरेल, इनास अध्यक्ष गिरिस कंडेल, इनास पुर्ब अध्यक्ष अन्जना रायमाझी लगायतका अतिथीको उपस्थिती रहेक थियो।

औपचारिक कार्यक्रम संस्थाका महासचिव सन्तु प्रसाद अर्यालले संचालन गरेका थिए । गायक रबिन लामिछानेले दर्जनौ आफ्ना गीतहरु मार्फत दर्शकहरुलाई मनोरन्जन दिएका थिए । चेक गणतन्त्रमा निक्कै रुचाइयको पन्चेबाजामा अतिथि तथा दर्शकहरुले नाचेर भरपुर रमाइलो गरेका थिय भने कार्यक्रममा हास्यकलाकार चेत कार्कीले आफ्नो हास्य ब्यंग्य प्रस्तुत गरेका थिय। स्मृती रायमाझी र रोशनि गुरुङ्गको नृत्यले सबै लाई मन्त्रमुग्ध पारेको थियो।

कार्यक्रम संचालक गिरिस कंडेलले बिच बिचमा गजल बाचन समेत गरेर सबैलाई मनोरन्जन दियका थिय। चेक रिपब्लिकको पार्दुबिसेको सांग्रीला रेस्टुरेन्टको हलमा दर्शकहरु खचाखच भरियको थियो भने उक्त रेस्टुरेन्टका प्रोपाइटर एन आर एन ए चेक का उपाध्यक्ष संजय अधिकारीले खानाको ब्यबस्थापन गरेका थिए। प्रवासमा रहेर पनि कला संकृतीको संरक्षणमा बिगत लामो समयदेखि सकृय एन आर एन ए अध्यक्ष बैकुन्ठ रायमाझीले यस्ता कार्यक्रमहरुले नेपाली समुदाय बिचमा अत्मियता बढाउने अनि आफ्नो संस्कार र संस्कृतीलाई हामिले भुलेका छैनौ भन्ने सन्देस जाने कुरा जानकारी दिएका थिए ।