तिहार मूडमा सौंन्दर्यबिद सुष्मा

नेपालको सौन्दर्य ब्यवसायलाई स्थापीत गर्न बरिष्ठ सौंन्दर्यबिद सुषमा महराको ठुलो योगदान रहेको छ । त्यसैले सुषमालाई बीग व्युटी बिजनेश वुमन भनेर पनि भन्ने गरीन्छ ।
विगत २६ बर्षदेखि सौन्दर्य व्यवसायमा रमाई रहेकि सुषमा भन्छीन् हामी श्रमिक पनि हौं र श्रम दाता पनि हो । उनले संचालन गरेको फेसियल हाउस अहिले देशै भर फैलिएको छ । काठमाडौंको काठमाडौं मल ,चावहिल , केयल टावर, सीटीसी मल, हुदै जिल्ला वाहिर पोखरा ,सुर्खेत र धनगडीमा समेत फेसियल हाउसको शाखा फैलिसकेको छ ।
एक सय जनाभन्दा बढी महिला दिदि बैनीहरु लाई प्रत्यक्ष रोजगारी दिदैंआएकी सुषमा आफैपनि अहोरात्र खट्ने मेहेनती सौन्दर्यविज्ञ पनि हुन् ।

उनी सामाजिक संघ संस्थामा पनि उत्तिकै सकृय छन् । हाल सुषमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका सचिब, कर्पोरेट मिडियाका उपाध्यक्ष तथा व्युटी एशोसियसन अफ नेपाल तथा महिला च्याम्बरको आजीवन सदस्य समेत रहेका छन् ।

उनले सौन्दर्य व्यवसाय मार्फत हजारांै युवा–युवतीहरुलाई रोजगारी युक्त प्राविधिक शिक्षा समेत दिने कार्य गर्दै आएको छ ।
देशको धर्म संस्कृति जोगाउन उनले हरेक पर्व विशेष रुपले मनाउने समेत गरेका छन् । सुषमा तिहार पनि हर्ष उल्लासका साथ मनाउने तैयारी गर्दै छन् । उनको विश्वास छ लक्ष्मीको कृपाले सम्पुर्ण नेपालीको घर – घरमा लक्ष्मीको आगमन पक्कै हुन्छ ।