२०८० सालको गुल्मीको दशैं, अर्जे पुर्णिमा मेलामा यस्तोसम्म देखियो हेर्नुस गुल्मीको सराए नाच

गुल्मी । गुल्मीका युवा पछिल्लो समय ऐतिहासिक सराय नाच संरक्षणमा जुटेका छन् । परम्परागतरुपमा खेलिँदै आएको सो ऐतिहासिक सराय नाच लोप हुँदै जान थालेपछि यहाँका युवा संस्कृतिको संरक्षणका लागि जुट्न थालेका हुन् । बडादसैँका बेला खेलिने सराय नाच जिल्लाको निकै पुरानो संस्कृतिका रुपमा चिनिन्छ । पछिल्लो समय पुराना पाका उमेर समूहका व्यक्तिको देहवशान र युवाको विदेश पलायनसँगै सराय नाच सङ्कटमा पर्दै जान थालेको छ ।

नेपालीको महान पर्व बडादशैंको अवसरमा त्रयोदशी दिन गुल्मीको मालिका गाउँपालिका -४ अर्खाबाङ्ग ठूलिचौर सराय नाच हेर्नेको घुँइचो लागेको छ। एकादशीको दिनदेखि पूर्णिामासम्म ग्रामीण क्षेत्रका विभिन्न स्थानमा सराय नाच हुने गर्दछ। ठूलिचौरमा हुने सराय नाच हेर्न र मनोरञ्जन लिन घमिर, अर्जै, मर्भुङ्ग, नेटा, दर्लिङ्ग, ह्वाङ्दी , छापहिले लगायतका स्थानबाट थुप्रै मानिस पुग्ने गर्दछ्न्। पञ्चेबाजासहित मन्दिरमा चढाएका खुकुरी र खुँडा नचाइ एकआपसमा जोडिएर सराय नाच खेलिने गरिन्छ।