नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिवमा बरिष्ठ ब्युटिशियन महरा

असोज ५, काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिवमा महिला उद्यमी तथा बरिष्ठ ब्युटिशियन सुषमा महरा निर्वाचित भएकी छन् ।

फेसियल हाउसकी प्रबन्ध निर्देशक महराले यस अगाडि संघको कोषाध्यक्ष लगायत पदमा रहेर काम गरिसकेकी छन् ।

सोमबार सुरु भएको संघको निर्वाचन प्रक्रिया अन्तर्गतको मनोनयनमा अध्यक्ष सहित सबै पद निर्विरोध निर्वाचित भएको थियोे ।

यस्तो छ नयाँ कार्य समिति

अध्यक्षमा दिनेश श्रेष्ठ उपाध्यक्षमा रमानाथ श्रेष्ठ, राजेन्द्र शेरचन, जय सिवाकोटी, महासचिवमा दुर्गाराज श्रेष्ठ,सचिवमा शुष्मा महरा, कोषाध्यक्षमा प्रदीपमान प्रधान र सह-कोषाध्यक्षमा नानीराज घिमिरे
सदस्यहरुमा प्रेमहरि मैनाली, सुरेन्द्रभक्त श्रेष्ठ, सागर शाक्य, कुशन प्रधान, राजेन्द्र संग्रौला, दीपक भण्डारी, शिशीर गौतम, दीपक भण्डारी, महेन्द्र गोयल, सदीष श्रेष्ठ र उज्ववलजंग पराक्रम शाह निर्विरोध निर्वाचित भएका हुन् ।