भागिरथ चलाउने र रेखा जोशीको तीज गीत सर्वाधिक चर्चामा

गायिका रेखा जोशीले तीज गीत सार्वजनिक गरेकी छिन् । गायक भागिरथ चलाउनेसँगको सहकार्यमा उनले ‘मेरो लागि मर्ने केटो’बोलको गीत ल्याएकी हुन् । ​बिहीवार बेलुका सार्वजनिक गीतमा रेखा र भागिरथको स्वर छ । भागिरथकै शब्द एवं संगीत रहेको गीतलाई एरेन्ज विनोद बाजुरालीले गरेका हुन् ।

भिडियोमा जेरी भण्डारीको कोरियोग्राफी एवं निर्देशन छ । गायक भागिरथ स्वयंम भिडियोमा देखिएका छन्, साथमा छिन् मोडल करिश्मा ढकाल । गायिका रेखालाई पनि भिडियोमा देख्न सकिन्छ । नवराज उप्रेतीको छायांकन रहेको यस गीतको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

गीत माया प्रेमको विषयमा आधारित छ ।