एनआरएनए स्कटलैण्डमा नवनिर्वाचित अध्यक्ष दिवाकर पाण्डेको नेतृत्वमा नयाँ कार्यसमितिको शपथग्रहण तथा हस्तान्तरण कार्य सम्पन्न।

स्कटल्याण्ड। एनआरएनए स्कटलैण्ड राज्य समन्वय परिषदमा २०२३-२०२५ का लागि नबनियुक्त निर्बाचित कार्यसमितिको शपथ, पदभार ग्रहण तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

यही ३० जुलाई, आईतवार बिहान ग्ल्यास्गो नेपाली कम्युनिटी हलमा आयोजित शपथग्रहण तथा हस्तान्तरण कार्यक्रमको विशेष समारोहबीच एनआरएनए स्कटलैण्ड राज्य समन्वय परिषदका निर्वाचन आयुक्त डा. राम अधिकारी, एनआरएनए संरक्षक भोला खनाल, एनआरएनए युकेका निवर्तमान उपाध्यक्ष मोहन कार्कीको प्रमुख आतिथ्यमा नवनियुक्त कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई शपथग्रहण समारोह कार्यक्रम नेपाली राष्ट्रिय गानको शुरूवातबाट, एनआरएनएका निवर्तमान अध्यक्ष काशीराम भण्डारी द्वारा कार्यक्रम लाई सम्बोधन गर्दै नवनिर्वाचित कार्यसमिति लाई सफल कार्यकालको शुभकामना सहित कार्यक्रम शुभारम्भ गरी, निवर्तमान सचिव तथा बर्तमान एनआरएनए युके उपाध्यक्ष मनीष खत्री द्वारा २०२१-२०२३ को बार्षिक प्रतिवेदनका साथ निवर्तमान कोषाध्यक्ष सर्मिला ढकाल द्वारा आर्थिक प्रतिवेदनका साथै सम्पूर्ण चल अचल सम्पत्तिसहित कागजात पत्रहरू नयाँ कार्यसमितिलाई हस्तान्तरण गरी प्रथम चरनको कार्यक्रम संचालन सम्पन्न भएको छ।

सपथग्रहण समारोहका अतिथिहरू द्वारा एनआरएनए यूकेको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए र एनआरएनए स्कटलैण्डलाइ स्वायत्त, स्वशासित स्कटलैण्ड बनाउन मा जोड दिने र विगतका दिनमा गर्दै आएको सहकार्य आगामी दिनमा निरन्तर र थप बलियो बन्ने विश्वास व्यक्त गरेका थिए भने निर्वाचन आयुक्त डा. राम अधिकारी द्वारा सम्पूर्ण नवनियुक्त कार्यसमितिका पदाधिकारीहरु क्रमश: अध्यक्ष: दिवाकर पाण्डे, उपाध्यक्ष: कमला श्रेष्ठ, सचिव: राम प्रसाद कंडेल, सह-सचिव: भुपाल कार्की, कोषाध्यक्ष: बाशुदेव पोखरेल, सह-कोषाध्यक्ष: कल्याण अर्याल, सदस्यहरूमा: स्वस्तिमा कार्की, जीवलाल भण्डारी, पवित्रा भण्डारी, सागर पाण्डे लाई बिधिपुर्वक सपथग्रहण गराएका थिए। सपथग्रहण पछि नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो र एनआरएनए स्कटलैण्डलाइ सहयोग गरिदिन हुने बे-लिफ् का संचालक टिका खराल, हल उपलब्ध गरीदिने ग्ल्यास्गो नेपाली एसोसिएसनका अध्यक्ष गोविन्द देवकोटा तथा हिमालयन डाईन लाई प्रमाण पत्र वितरण गरिएको थियो।

कार्यक्रमको दोस्रो चरणमा नवनियुक्त कार्यसमितिका अध्यक्ष दिवाकर पाण्डेलको अध्यक्षतामा, प्रमुख अतिथि एनआरएनए युकेका नवनिर्वाचित उपाध्यक्ष मनिष खत्रीको उपस्थितिमा नवनियुक्त सचिव राम प्रसाद कंडेलले कार्यक्रम संचालन गरेका थिए। एनआरएनए स्कटलैण्ड राज्य समन्वय परिषदका निवर्तमान अध्यक्ष, भण्डारीले नयाँ कार्यसमितिलाई आफ्नो तर्फबाट पूर्णताका साथ सहयोगको प्रतिवद्धता व्यक्त गरेका थिए भने आफ्नो दुई वर्षे कार्यकाललाई सफल पार्न सहयोग गर्ने सिंगो कार्यसमिति, संरक्षक तथा सल्लाहकारहरु, स्कटल्याण्ड स्थित सम्पूर्ण संघसंस्था र समुदायप्रति उनले आभार प्रकट गरे।

साथै अध्यक्ष पदका प्रत्यासी, निवर्तमान उपाध्यक्ष उज्जवल कार्कीले नवनिर्वाचित कार्यसमितिलाई सुझाव, बधाई तथा शुभकामना दिएका थिए र आगामी दिनमा पनि संस्था लाई सफल पार्न सहयोग प्रदान गरिरहने प्रतिबद्धता गरेका छन् भने कार्यक्रमको प्रमुख अतिथि एनआरएनए युकेका नवनिर्वाचित उपाध्यक्ष मनिष खत्री, संरक्षक भोला खनाल, निवर्तमान एनआरएनए युके उपाध्यक्ष मोहन कार्की, पुर्व एनआरएनए अध्यक्ष छबिलाल अर्याल, फाईफ नेपलि एसोसिएसनका पूर्व अध्यक्ष, संरक्षक राम वगाले, एनएसएका अध्यक्ष डंगोल, निवर्तमान सल्लाहकारहरू तथा यज्ञमुर्ति ढकाल, तारानाथ भण्डारी, मोतीलाल खरेल, बिदुर कार्की लगायत व्यक्तित्वहरू ले नवनियुक्त अध्यक्ष पाण्डे नेतृत्वको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले एनआरएनए स्कटलैण्ड राज्य समन्वय परिषदको नेतृत्व आफ्नो काँधमा सुम्पिने सम्पूर्ण स्कटलैन्डबासी नेपालीहरुप्रति आभार प्रकट गर्नका साथै स्कटलैण्डका सिंगो नेपाली समुदायलाई एकताबद्ध बनाएर लैजाने प्रतिवद्धता समेत व्यक्त गरे ।

चुनावअघि सार्वजनिक गरेका प्रतिवद्धताहरुलाई व्यवहारमा उतार्नु र स्कटल्याण्डको लागि नेपाल राजदूतावासको गाढा सम्बन्ध र राम्रो समन्वय स्कटलैण्ड नेपालीहरूको माझ ल्याउने आफ्नो पहिलो प्राथमिकता रहने भन्दै अध्यक्ष पाण्डेले एनआरएनए स्कटलैण्ड राज्य समन्वय परिषदले स्कटलैण्ड को हक, हित, अधिकार, संरक्षण र विकास मा स्कटलैण्डवासी नेपालीले खोजेको परिवर्तनको चाहनालाई सार्थक पार्ने अठोट व्यक्त गरे र यस नयाँ कार्यसमिति का सम्पूर्ण नवनिर्वाचित पदाधिकारी हरू उपाध्यक्ष: कमला श्रेष्ठ, सचिव: राम प्रसाद कंडेल, सह-सचिव: भुपाल कार्की, कोषाध्यक्ष: बाशुदेव पोखरेल, सह-कोषाध्यक्ष: कल्याण अर्याल, सदस्यहरूमा: स्वस्तिमा कार्की, जीवलाल भण्डारी, पवित्रा भण्डारी, सागर पाण्डे लाई बधाई तथा शुभकामना सहित नयाँ कार्यसमिति संग बलियो समन्वय गरी कार्य अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्। अन्त्यमा अध्यक्ष पाण्डेले सम्पूर्ण स्कटल्याण्ड नेपालीवासी हरूलाई धन्यवाद ज्ञापन का साथै स्कटलैण्ड राज्य समन्वय परिषदको लागि आफ्नो काम कर्तव्य निष्ठापूर्वक गर्ने प्रतिबद्धता दिए।

कार्यक्रमलाई महिला प्रतिनिधिहरू निवर्तमान सह-सचिव सुमि ओझा भण्डारी, शर्मिला भण्डारीद्वारा महिला ससक्तिकरण, महिला सहभागिता बढाई अघि बढ्ने प्रतिबद्धता लिएका छन्।

यस शपथग्रहण कार्यक्रममा स्कटलैण्डका बिभिन्न संघ संस्थाका का पदाधिकारीहरू, व्यवसायीहरू तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो र सम्पूर्ण नव-निर्बाचित सदस्यलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना मन्तव्य व्यक्त गर्न का साथै पुर्ण रूपमा संस्था र समाज विकासको लागि संलग्न रहने बताए।

आशा छ सम्पूर्ण मित्रजनहरूको मत लाई मुल्यान्कन गर्दै सबैको सहयोग लिदै सम्पूर्ण नेपालिहरुलाई सद्स्य बनाई हाम्रो एनआरएनए, राम्रो एनआरएनए को सपना पुरा गर्नु हुनेछ !

कार्यक्रममा निवर्तमान एनआरएनए अध्यक्ष तथा फाईफ नेपाली एसोसीएसन का अध्यक्ष काशीराम भण्डारी द्वारा जलपान को व्यवस्था गरिएको थियो।

धन्यवाद।