भारतले लुम्बिनीलाइ आफ्नो नक्सामा राख्दा नायक पल शाह र बिष्णु खत्री मिलेर ल्याए फेरी लुम्बिनी गीत

पछिल्लो समय भारतीय मिडिया र भारतीय नया संसद भवनमा प्रयोग भएको नक्सामा समाबेश भएको पर्यटकीय ठाउँ हो लुम्बिनी।यो स्थानको बिषयमा सबैतिर बाट बिबाद आउदै गर्दा एता लोकप्रिय गायक बिष्णु खत्रीले लुम्बिनीलाई समेटेर नायक पल शाह संग सहकार्य गर्दै नया गीत बजारमा ल्याएका छन। बिष्णु खत्री र अनु चौधरीले आवाज दिएको उक्त गीत यतिबेला युटुबमा सर्वाधिक हिट छ।यहा गीतको मात्रै कुरा रहेन हाम्रो नेपाली सिमा र सो क्षेत्रको बिषयलाई बिशेष समाबेस गरेको भएर पनि धेरैले गीतलाई औधि प्रशंसा गरेका छन।

पल शाह जेल मुक्त भएपछिको यो पहिलो लोक दोहोरी गीत हो।अहिले सर्वाधिक महँगो कलाकारमा गनिएका नायक पलले यो गीत खेल्दै गर्दा आफ्नो देशको नक्साको बिषयमा उठेको बिबादको पनि नजिक बाटै निहालेका रहेछन।

बिष्णु खत्रीले गीत बजारमा आउनु अगाडिनै फेसबुकमा लेखेका थिए : लुम्बिनीलाई भारतले आफ्नाे नक्सामा गाभेकाे छ तर लुम्बिनी हाम्रो भूभाग हाे त्यसले हामी हाम्रो लुम्बिनीलाई असाध्यै माया गर्छाैं र गीतमा समावेश गर्छाैं।यही आउने साेमबार हजुरहरु माझ। बिष्णु खत्री युटुब मार्फत गीत आउने छ। उनको गीतको स्टाटस आएको केहि समय बित्न नपाउदै गीत बजारमै आयो र अहिले आम नेपालीको मन मुटुमा बस्न सफल भएको छ।

बिष्णु खत्री जनताका गायक हुन् उनले सीमाको मात्रै हैन भरिया देखि गरिब निमुखा सम्मको गीत गाएर सबैको मन मुटु जितेका छन।भरिया दाईले बिशाउने भरि गीत आज पनि नेपाली संगीत क्षेत्रमा आम नेपालीको पहिलो रोजाईमा पर्ने गीत हो जुन गीत गाउने बिष्णु खत्रीले माया पिरतीको गीतमा पनि हाम्रो देशको बिभिन्न क्षेत्र र पर्यटकीय स्थलहरुलाई समेट्दै गीत ल्याउने गर्छन।

पल शाह संग बिष्णु खत्रीको यो पहिलो सहकार्य हो।निर्दोष साबित भएर जेल मुक्त भएका शाह अहिले संगीत क्षेत्रमा व्यस्त कलाकरमै गनिएका छन।उनि चलचित्रमा भन्दा पनि गीताहरुमै देखिन थालेका छन।राम्रो र महत्वपूर्ण महसुस गरेका गीतहरुमा मात्रै अभिनय गरिरहेका छन।उनले खेलेका सबैजसो गीतहरु हिट भएकै छन।

पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा लोकगायक विष्णु खत्रीले ‘लुम्बिनी’ बोलको नयाँ लोकदोहोरी गीत सार्वजनिक गरेका छन् । गौतम बुद्धको जन्मस्थल प्रसिद्ध लुम्बिनीलाई विम्बका रुपमा प्रस्तुत गर्दै उनले आफ्नै शब्द एवं संगीतमा रहेको गीत सार्वजनिक गरेका हुन् ।

एचविएन किस्मतको एरेन्ज रहेको गीतमा विष्णु र अनु चौधरीको स्वर छ । भिडियोमा अभिनेता पल शाह र मोडल सनिशा भट्टराई फिचर्ड छन् । ‘लुम्बिनी’ मायाप्रेममा आधारित डान्सिङ विटको प्रेमिल गीत हो । काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा भिडियो तयार भएको हो । निर्देशक काजिशले पल र सनिशालाई निकै आकर्षक रुपमा भिडियोमा प्रस्तुत गरेका छन् । गीतको अडियो र भिडियो दुवै निकै राम्रो लाग्छ ।

अर्जुन तिवारीको छायाँकन रहेको भिडियोलाई दीपक विष्टले सम्पादन गरेका हुन् । विष्णु खत्रीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतले स्रोता/दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।