पथरीशनिश्चरे नगरपालिकाको सामान खरिद पक्रियामा अपारदर्शि तथा मनोमानी, केही कर्मचारीको सेटिङ !



पथरी।
पथरीशनिश्चरे नगरपालिकाकाले आवश्यक मेशीन औजारका सामानहरु खरिद गर्ने पक्रियामा अपारदर्शिता तथा मनोमानी देखिएकोे छ । विभिन्न वडा कार्यालयहरू तथा विद्यालयका लागि आवश्यक सामानहरु सो सामाग्रीहरुको खरिद प्रकृया अपारदर्शीता भएको हो ।

गोप्य सुचनाको आधारमा यस विषयमा नगर प्रमुख मोहन तुम्वापो संग बुझ्दा साम्रागी खरिदको बारे जनप्रतिनिधिहरुलाई थाहा नभएको बताउनु भयो । सामाग्रीका खरिद गर्न नगरपालिकामा सामाग्री खरिद समितिले आवश्यक अनुसार खरिद गर्ने जानकारी दिनु भयो । र आफुले सम्बन्धित निकायसमक्ष जानकारी लिने बताउनुभयो ।

नगरपालिकाको आधिकारिक वएब् साईड, सुचना बोर्डमा तथा स्थानीय संचारमाध्यममा पनि सूचना प्रकाशित नगरिएको स्थानियले गुनासो गरेका छन् ।

सोहि विषयमा नगरका प्रमुख कार्यकारी अधिकृतको कार्यालयमा पुग्दा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेलले सार्वजनिक सामान तथा सम्पत्ति खरिद ऐनको आधारमा नै राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशित गरिएको जनाउनु भएको थियो । उहाँले अनुसार गत जेठ २३ गते १५ दिने सार्वजनिक सूचना जारी गर्दै नगर बाहिरको एक राष्ट्रिय दैनिकमा प्रकाशित गरिएको बताउनुभयो । तर, स्थानीय नगरवासीले भने सूचना कुन पत्रिकामा निस्किएको हो? थाहा नभएको बताए । उनीहरूले न त पथरीशनिश्चरेको नगरको फेशबुक पेज, नत नगरको आधिकारीक साईट, नत नगरपालिकाको सुचना पाटि कैतै प्रकाशित नभएको बताएका छन् ।

 

यस अघि पनि नगरका कर्मचारीहरु सामाग्री खरिदको विषयमा विवाधित बन्दै आएको थिए ।