प्रेमीलाई ब्रेकअप दिएकी युवती अन्तरवार्तामा पूर्व प्रेमी नै परेपछि

काठमाडौं । अन्तर्वार्तामा बस्दा जो कोहीको पनि मुटुको धड्कन बढ्छ नै । तर यी युवतीले अन्तर्वार्तामा बस्दा देखेका उनकै प्रेमी भएको थाहा पाएपछि मुटुले ठ्याग्रो मात्रै ठोकेर अक्क न बक्क समेत बनिन् ।

अमेरिकाको अस्टिन सहरमा बस्ने राइली जुएटले ६ वर्षअघि अचानक ब्रेकअप गरेका प्रेमी नै अन्तरवार्ता लिने व्यक्ति भएको थाहा पाएपछि उनी अत्तालिन पुगिन् । जसलाई उनले ६ वर्षअघि उनको नम्बर ब्लक गरेर उनीसँग छुट्टिएकी थिइन् ।

तर समयको पांग्रा यसरी घुम्यो कि फेरि भेट भयो । युवती आफैले सामाजिक सञ्जालमा आफ्नो कथा सुनाउँदै यो रमाइलो घटनालाई पुर्न स्मरण गर्न पुगेकी छिन् । अन्तरवार्तामा आफ्ना पूर्व प्रेमी देखिएपछि उनी केही बेरा बोल्न नै सकिनन् ।

अन्तर्वार्ता लिने जुएटको पूर्व प्रेमीले उनलाई काममा लिएपनि आफ्नो गल्ति र प्रायाश्चितका कारण जुएटले उक्त प्रस्ताव अस्वीकार गरिदिइन् । जागिरको निकै खाँचो भएकी ति युवतीले अहिले उनी अन्यत्र काम गरिरहेकी छिन् ।

उक्त समयमा उनका प्रेमी निकै गम्भिर भएता पनि आँफुले ब्रेकअप दिएका कारण आज उनकै अफिसमा काम गर्न नसकेको भन्दै आँफु त्यहाँबाट निस्किएको ति युवतीले सेयर गरेको स्टाटस र टिकटक भिडियोमा देख्न सकिन्छ । जुएट अहिले २५ वर्षकी भइसकेकी छिन्। आफ्नो टिकटक भिडियोमा उनले कामका लागि ६ वर्षअघि छोडेको मान्छेकहाँ जानुपरेको रहस्य खोलेसँग अहिले उक्त भिडियो सामाजिक संजालमा भाइरल बनिरहेको छ ।