धुर्मुसको अर्को पोल खुल्यो

चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र छ । व्यवसायीलाई करोडौं रकम तिर्न बाँकी भएपछि अहिले रंगशाला निर्माणको काम ठप्प छ ।

फाउण्डेशनले व्यवसायीलाई करोडौं रकम तिर्न बाँकी भएपछि व्यवसायीले दबाब दिन थालेका छन् । रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेशनले चितवन रेडिमिक्सबाट कंक्रिट किनेको तीन करोड बढि रकम तिर्न बाँकी रहेको चितवन रेडिमिक्सका अध्यक्ष तथा सञ्चालक राजेन्द्र पन्तले बताएका छन् । २०७७ पुस ५ गतेदेखि फागुनसम्म पिलरको लागि कंक्रिट दिने सम्झौता भएको पन्तले बताए ।

पन्तका अनुसार ३ करोड ५५ लाख रुपैयाँ लिइसकेको, २०७७ साउनदेखि ३ करोड ५६ लाख ४२ हजार १५० रुपैयाँ अब लिन बाँकी रहेको छ । असार मसान्तसम्म भुक्तानी नआएपछि काम रोकिएको उनले बताए । ‘हामीले कानुन अनुसार सम्झौता गरेर नै रंगशालाको लागि कंक्रिट उपलब्ध गराएका थियौँ । रंगशालालाई हामीले सात करोड भन्दा बढीको कंक्रिट सप्लाई ग¥यौँ, त्यो मध्ये तीन करोड भन्दा बढी लिन बाँकी छ’, उनले भने, ‘प्रदेश र नगरपालिकाको पैसा नआउने भयो भनेपछि हामीले कंक्रिट पठाउन रोक्यौँ । हामी अहिले पनि निरन्तर सम्पर्कमा छौँ । दिनुहुन्छ भन्ने आशा छ ।’धुर्मुसको अर्को पोल खुल्यो