सिँगारिएको गाडीमा पल शाहलाई गृह जिल्लामा भव्य स्वागत, कार्यक्रममा बापत लिए साढे पाँच लाख पारिश्रमिक !

काठमाडौं -अभिनेता पल शाहलाई गृहजिल्लामा भब्य स्वागत गरीएको छ । दाङको घोराहीस्थित एउटा विशाल मैदानमा आयोजित घोराही ‘वृहत् सांस्कृतिक कार्यक्रम’ मा पललाई माला र पन्चेबाजा सहीत सिङगारीएको गाडीमा लगेर भब्य वागत गरिएको हो । बहिनी रोशनीसहित काठमाडौंबाट घोराही पुगेका उनी आफ्ना फ्यानबाट घेरिएका थिए ।

कार्यक्रम पल शाहा आइ लब यु को नारा सहित एकजना ‘भाग्यशाली’ दर्शकलाई पलसँग सेल्फी खिच्ने र टिकटक बनाउने ‘अवसर’ पनि प्रदान गरिएको थियो । पलले अभिनय गरेको पहिलो म्युजिक भिडियो कुन हो भन्ने प्रश्नको सही जवाफ दिएर एक युवतीले सो ‘अवसर’ पाएकी थिइन् ।

उनले उक्त कार्यक्रममा साढे पाँच लाख रुपैयाँ पारिश्रमिक लिएको बताइएको छ । पल शाहलाई हेर्न दुई सय रुपैयाँको टिकट काट्नुपर्ने व्यवस्था गरिएको थियो ।तीन दिन चलेको घोराही सांस्कृतिक कार्यक्रममा पहिलो दिन पशुपति शर्मा र दोस्रो दिन प्रमोद खरेल उपस्थित भएका थिए । तेस्रो दिनमा पल शाहलाई लगिएको हो ।