नेपाली पुरूषले यौन सन्तुष्टीका लागि पानी खाने गिलास आफ्नो मलद्वारमा छिराएपछि…

काठमाडौं । मदिराको नशामा ४७ वर्षीय नेपालीले पुरूषले निकै अनौठो काम गरेका छन् । उनले नशाको तालमा यति जोखिमपूर्ण काम गरे कि यसका कारण उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो ।

वास्तवमा, पानी खाने गिलास ती व्यक्तिको मलद्वारमा गयो। ती मानिसको शल्यक्रिया गरी गिलास निकालियो । गिलास तीन दिनसम्म यी व्यक्तिको मलद्वारमा अड्किएको थियो।

यो अनौठो केसबारे नेपाल मेडिकल एसोसिएसनको जर्नलमा रिपोर्ट प्रकाशित भएको छ । यस रिपोर्टका अनुसार सुरुमा ती व्यक्तिले भूलवश गिलास भित्र गएको बताएका थिए । त्यसपछि उनले आफूले मादक पदार्थ सेवन गरेको र यौन सन्तुष्टिका लागि यस्तो गरेको स्वीकार गरे ।

रिपोर्टका अनुसार ती व्यक्तिले दुई दिनसम्म दिसा गर्न सकेनन्। उनी दुई दिनदेखि असह्य पीडामा थिए । तर, उनले पाद्न भने सक्षम थिए। तर, सौभाग्यवश उनको रगत बगेन ।

त्यसपछि डाक्टरले व्यक्तिको एक्सरे गरे । उनीहरुले गिलास निकाल्ने प्रयास पनि गरे । तर, यो मलद्वार भित्र उल्टो स्थितिमा थियो। त्यसपछि डाक्टरहरूले एक्सप्लोरेटरी ल्यापरोटोमी सर्जरी गरे।

यो सर्जरी पेटको लागि गरिन्छ। तर, त्यो पनि असफल भयो । त्यसपछि डाक्टरहरूले एन्टरोस्टोमी शल्यक्रिया गरे। यसपछि डाक्टरहरूले सफलतापूर्वक गिलास निकाले।

यो शल्यक्रियापछि व्यक्तिलाई ७ दिनसम्म अस्पतालमा राखिएको थियो । करिब दुई महिनाको फलोअपपछि डाक्टरले उक्त व्यक्ति पूर्णतया निको भएको बताए । डाक्टरहरूले लगातार व्यक्तिको स्वास्थ्य निगरानी गरिरहेका थिए।

यी व्यक्तिको बारेमा विस्तृत विवरण दिइएको छैन । उनको उपचार भएको अस्पतालबारे पनि रिपोर्टमा उल्लेख छैन । तर, यो केस रिपोर्ट लेख्ने डाक्टरहरूमध्ये एक डा. अनामिका नेपाल शंकरापुर हस्पिटल प्रा.लि. मा कार्यरत रहेको रिपोर्टमा उल्लेख छ ।

यो रिपोर्ट लेख्ने अन्य ३ डाक्टरहरू डा. शैलेश महर्जन, डा. अनुप चालिसे र डा. आशिष प्रसाद राजभण्डारी नेपाल मेडिकल कलेज जोरपाटीमा कार्यरत रहेको उल्लेख भएकोले ती व्यक्तिको उपचार यिनै २ अस्पतालमा भएको हुन सक्ने सम्भावना छ ।