कुटपिट गरेको र सिक्रि समेत लुटेको भन्दै कलाकार दुर्गेश थापाविरुद्ध उजुरी

काठमाडौं । कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । दुर्गेशले आफुलाई कुटपिट गरेको र सिक्रि समेत लुटेको भन्दै रिदम क्षेत्री नामका युवाले महानगरीय प्रहरी वृत्तमा उजुरी दिएको बताइएको छ ।

शनिबार टोखास्थित भूतखेल ग्राउन्डमा आफूमाथि थापासहितका ३ जनाले कुटपिट गरेको क्षेत्रीको आरोप छ । अहिले दुवै पक्षलाई बोलाएर छलफल गर्ने तयारी भएको र दुर्गेशले आफू उपत्यका बाहिर भएकोले भोलि मंगलबार आउने बताएको वृत्तका डिएसपी अंगुर जिसीले बताए ।

दुर्गेश यसअघि पनि विवादमा पर्दै आएका छन् ।