पारिश्रमिकसँगै सेयरमा फिल्म खेल्ने तयारीमा अभिनेता पल शाह, दैनिक एक फिल्मको अफर आएपछि राखे यस्तो प्रस्ताब

काठमाडौं । अभिनेता पल शाह फिल्ममा फर्कने तयारी गरिरहेका छन् । फिल्ममा फर्कदै गर्दा उनले पारिश्रमिक मात्र नभएर सेयर पनि लिने सर्तमा फिल्म खेल्ने तयारी गरेको बताइएको छ ।पले आफुलाई फिल्ममा अफर गर्न आउने निर्मातालाई सोही गरेको बताइएको छ ।

फिल्म चल्यो भने कलाकारलाई पनि फाइदा हुनुपर्छ भन्ने मान्यताले पलले सेयरमा फिल्म खेल्ने तयारी गर्न लागेको बुझिएको हो । पछिल्लो समय अभिनेताहरु सौगात मल्ल र दयाहाङ राईले कतिपय फिल्ममा पारिश्रमिकको सट्टा सेयर लिएर काम गरिरहेका छन् ।

पललाई दैनिक फिल्मका लागी अफर आएपनि पुष्पन प्रधानद्वारा संगीतबद्ध ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को फिमेल भर्सनमार्फत उनले म्युजिक भिडियोमा कमब्याक गर्ने पक्का भएको छ ।

मंगलबार उक्त गीतको रेकर्ड पुतलीसडकस्थित पल निकट संगीतकर्मी योगेशकाजीको स्टुडियोमा भएको छ । फिमेल भर्सनमा अनु चौधरीको स्वर समावेश छ ।एउटा म्युजिक भिडियो गरेबापत २ देखि ३ लाखसम्म पारिश्रमिक लिने डिमान्ड पलले गरेको खबर हालै सार्वजनिक भएको थियो ।