चर्चित कमेडियन लेखमणिले २५००० मात्र खर्चेर गरेर प्रतिक्षा न्यौपानेसँग विवाह

स्ट्याण्ड अप कमेडिका चर्चित कमेडियन लेखमणि त्रिताल अका ‘रमेश अंकलको छोरो’ले आफ्नो फ्यानहरुलाई सर्पाईज दिएका छन् । उनले आफ्नो सामाजिक संजालमा विवाहको फोटो सार्वजनिक गरेर फ्यानहरुलाई सर्पाईज दिएका हुन् ।लेखमणिले प्रतिक्षा न्यौपानेसँग गत मंसिरमा विवाह गरेका थिए ।

तर, उनले फोटो भने हिजो सार्वजनिक गरेका थिए ।उनले आफ्नो विवाह सामान्य तरिकाले २५००० रुपैँया मात्र खर्चेर गरेको बताएका छन् । उनले भनेका छन्, ‘केही महिना अघि करिब २५ हजार रुपैयाँ खर्चेर विवाह सम्पन्न भएको थियो। अनावश्यक खर्च नगरी हामिले हाम्रो दिन सादा गरी मनाउन सम्भव छ।’

यो पनि – प्रवेश पौडेलको निर्देशनमा तयार भएको फिल्म ‘बिहे पास’ वैशाखको १ गतेबाट रिलिज हुँदैछ । यो फिल्मको व्यापारले वि.सं २०८० सालको समेत सन्देश प्रवाह गर्छ । दयाहाङ राई, प्रकृति श्रेष्ठ, वुद्दि तामाङ, रवीन्द्र झा, शिशिर बाङ्देल लगायतका कलाकारको अभिनय रहेको यो फिल्मका प्रस्तुत कर्ता रोहित कट्टेल हुन् ।

फिल्म ‘बिहे पास’को टिजरले दर्शकको मन जितिसकेको छ । यसको सार्वजनिक नयाँ गीत पनि दर्शक माझ हिट छ । विशेषगत, यो बर्ष नायक दयाहाङ राईका फिल्मले राम्रो कमाई गरे । ‘कबड्डी ४, २ नम्बरी, के घर के डेरा, फूलबारी’ लगायतका फिल्मले गरेको व्यापारले पनि दयामाथि निर्माताको भरोसा बढेको हो ।

दयाले आउँदो बर्षको सुरुवातमै हिट फिल्म दिएर सुखद सुरुवात गर्ने अवसर समेत छ । फिल्मलाई लिएर दया आशावादी पनि छन् । विशेष गरि, दयाका फिल्मका कथावस्तु अर्गानिक हुने भएकाले पनि दर्शकले उनलाई र उनका फिल्मलाई मन पराइरहेका छन् ।

दया पनि यो फिल्मको कथावस्तु र निर्देशक प्रवेश पौडेलको काम राम्रो रहेकाले फिल्मले गतिलो व्यापार गर्नेमा ढुक्क छन् । यसमाथि, ७ बर्षपछि पर्दामा फर्किएकी नायिका प्रकृति श्रेष्ठ र दयाको जोडीले दर्शकलाई अझै रोमाञ्चित बनाउनेछ । यसैबीच नेपाल चलचित्र नृत्य संघले फिल्म, म्युजिक भिडियो वा विदेशी फिल्ममा नृत्य गर्ने कलाकाररुको पारिश्रमिक बढाएको छ ।

नृत्य संघका महासचिव दिपेन्द्र तिमिल्सिनाले जारी गरेको विज्ञप्तीमा बढ्दो महंगीलाई ध्यानमा राख्दै कलाकारहरुको पारिश्रमिक बढाएको उल्लेख छ । नेपाली फिल्म एवं सबैखाले भाषाभाषीका फिल्मका गीतहरुका लागि एउटा गीतमा नृत्य गर्ने कलाकारको पारिश्रमिक ३ हजारदेखि ६ हजारसम्म पुर्याइएको छ ।

एक दिनमा सकिएमा ३ हजार, २ दिनमा सकिएमा ५ हजार र तिन दिनमा सकिएमा ६ हजार तोकिएको छ ।यस्तै, म्यूजिक भिडियोको हकमा भने एक दिनको २ हजार पारिश्रमिक तोकिएको छ । यस्तै, विदेशी फिल्मका गीतहरुमा नृत्य गर्नुपरेमा एक दिनको ३ हजार पारिश्रमिक तोकिएको छ । आउँदो बर्षको १ गतेबाट लागू हुने गरि यो पारिश्रमिक बढाइएको नृत्य संघले उल्लेख गरेको छ ।